उर्लाबारी, ५ असोज । मोरङको उर्लाबारीमा भव्य रुपमा युवा सचेतना सेमिनर आयोजना हुने भएको छ । उर्लाबारी वडा नम्बर ५ को आयोजनामा असोज ६ गते आईतबार एजुकेशन सेमिनार सचेतना कार्यक्रम संचालन हुने भएको छ ।

उर्लाबारीस्थित मोरङ मोडल कलेजको प्राङ्गणमा आईतबार विहान ९ बजेदेखी सो कार्यक्रम संचालन गरिने वडाध्यक्ष रविन लामाले बताए । सो कार्यक्रमको नाम व्यक्तित्व विकास तथा युवा सचेतना अभियान २०८१ दिईएको छ ।

उनकाअनुसार सो कार्यक्रममा उर्लाबारीका प्लस टु तह अध्यापन हुने सामुदायिक र निजी गरि १६ वटा विद्यालयका करिव २ हजार विद्यार्थीहरुको सहभागिता रहने अनुमान गरिएको छ।

सो कार्यक्रमको पूर्वतयारीमा वडाध्यक्षसहितको टोली महिनौँ दिनअघिदेखी तयारीमा जुट्दै आएको थियो । यसैबिच शुक्रबार साँझ कार्यक्रम स्थलमा पत्रकारसँग भेटघाट गर्ने क्रममा सो कार्यक्रम बारे बताईएको छ ।

उर्लाबारीका प्लस टु तहका विद्यार्थीहरुलाई उत्प्रेरणा र सचेतना गराउन प्रमुख वक्ताको रुपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, नविल बैंक र मेघा बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत ( सिईओ ) अनिल केसरी शाह आउने आयोजकले जनाएको छ ।

यस्तै सो अवसरमा सहायक वक्ताको रुपमा काठमान्डौबाट मिडिया पर्सनालिटी र मोटिभेशनल ईस्पिकर सविना कार्कि र सिक्किमबाट एन्टी ड्रग्स अभियानका प्रिम्युस भुटियालगायतले सचेतना गराउने वडाध्यक्ष लामाले बताए।

सो सेमिनार एसईईपछिको करिअर कता मोड्नेमा फोकस भई सफल कसरी बन्ने र यसका शुत्रहरुको बारेमा केन्द्रित भई अघि बढ्ने बताईएको छ । यस्तै लागुऔषधमुक्त सभ्य समाज बनाउने अभियानका साथ सो सेमिनारको आयोजना गरिएको बताईएको छ ।

वडा कार्यालको आयोजना र उर्लाबारी नगरपालिकाको मुख्य प्रायोजनमा आयोजना हुने सो कार्यक्रममा करिव ८ लाख खर्च हुनसक्ने बताईएको छ ।

यस्तै विद्यार्थी लक्षित भई आयोजना गरिएको सो कार्यक्रममा प्रवेश भने नि:शुल्क गरिएको बताईएको छ । जसको लागि आयोजकले सहभागि हरेक विद्यार्थी र शिक्षक प्रतिनिधीलाई एक व्याण्ड उपलब्ध गराउने छ ,जुन ब्याण्ड हातमा लगाईएपश्चात मात्र सो कार्यक्रम स्थलमा प्रवेश गर्न पाईनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय