उर्लाबारी, ५ असोज । उर्लाबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खेमराज कार्कीले सवारी ज्यान मुद्धामा सफाइ पाएका छन् । उनीविरुद्ध परेको सवारी ज्यान मुद्धामा गत भदौ २८ गते मोरङ जिल्ला अदालतबाट फैसला भई कार्किले सफाइ पाएका छन्।
उनले सफाइ पाएसँगै शनिबार बसेको क्याम्पस संचालक समितीको बैठकले उनलाई क्याम्पस प्रमुखको जिम्मेवारीमा पुन: फर्काउने निर्णय गरेको छ ।
शनिबार बिहान सो बैठकमा उपस्थित १४ जना सदस्यको पूर्ण सहमतिमा सर्वसम्मत रुपमा उनलाई पुन: जिम्मेवारीमा फर्काईने निर्णय भएको क्याम्पस संचालक समिती अध्यक्ष पुष्प ढकालले बताए ।
यसअघि कार्कीविरुद्ध मुद्वा परेसँगै गत भदौ ५ गते संचालक समितीले उनलाई प्रमुखको जिम्मेवारीबाट हटाई सहायक क्याम्पस प्रमुख अम्बिका प्रसाद गौतमलाई निमित्त प्रमुखको जिम्मेवारी दिईएको थियो ।
यता क्याम्पसका पदेन सदस्यसमेत रहेका उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले कार्कीलाई पदमुक्त गर्नुपर्ने अडान प्रस्तुत गरेका थिए । उनको सो अडानपछि शुक्रबारको बैठक अनिर्णित बनेको थियो ।
यस्तै शनिबार विहान पुनः संचालक समितिको वैठक राखी कार्कीलाई क्याम्पस प्रमुख पदमा निरन्तरता दिने निर्णय भएको संचालक समिति अध्यक्ष ढकालले बताए ।
समितिको बहुमत सदस्यले कार्कीलाई पदमा निरन्तरता दिने बुझेपछि मेयर खरेलसहित पाँच जना सदस्य शनिबार बोलाइएको बैठकमा अनुपस्थित भएका थिए ।
यता क्याम्पस संचालक समिती सदस्य गोपाल कटवालले सवारी दुर्घटनाबाट सफाइ पाइसकेपछि क्याम्पस प्रमुखको रुपमा पुन समितिले निर्णय गरि राखिएको भएपनि नेकपा एमालेले बिभिन्न बहानाबाजि गरि तथ्यप्रमाणहिन कुराहरुलाई जोडि विज्ञप्ति निकाल्दै गिजोलि रहेको बताए ।
यता क्याम्पस प्रमेख कार्कीले आफु सम्मानित अदालतबाट सफाइ पाएको बताउदै समितिले गरेको निर्णयलाई आफुले मानेको बताए , तर एमालेले पार्टिगत नेताहरुको निर्देशन नमानेको भन्दै तथ्य र प्रमाण बिनाका कुराहरु जोडेर मिथ्या प्रचार गरेको बताए ।
यस्तो थियो प्रहरीमा दर्ता भएको मुद्दा :
गत साउन ३२ गते शुक्रबार करिब ४ बजेतिर मोरङको कानेपोखरी गाउपालिका-७ मा कार्कीले चलाएको प्र-१-०१-०१६ प ८२३५ नम्बरको मोटरसाईबलबाट लडेर बोहोरा घाईते भएकी थिईन ।
घाईते बोहोरालाई स्थानिय प्रहरी र कार्कीको सहयोगमा उपचारका लागि उर्लाबारी मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर ल्याईएको थियो ।
त्यहा बोहोरोको उपचार सम्भव नभएपछि थप उपचारका लागि सोही दिन साझ ७ः४० बजे विराटनगर स्थित विराट शिक्षण अस्पताल रिफर गरिएको थियो ।
कार्कीको माटरसाईकलमा सवार उर्लाबारी-४ की ४२ बर्षिया शर्मिला बोहोराको सोमबार विहान ४ः१५ बजे उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको थियो ।
बोहोराको उपचारका क्रममा मृत्यु भएपछि उनको परिवारले सोमबार ईलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए ।
जाहेरी पश्चात प्रहरीले ५४ वर्षीय कार्कीलाई नियन्त्रणमा दिएर सवारी ज्यान मुद्दा चलाएको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएस्पी मोहन विक्रम दहालले बताए ।
दहालले भने-‘किटानी जाहेरी परेको छ घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाएका छौ, घटनाको प्रारम्भिक अनुसन्धान सवारी ज्यान मुद्दको पाटोबाट हुन्छ, अनुसन्धान हुदै जादा अन्य कुराहरु खुल्न गए भने त्यसमाथी पनि थप अनुसन्धान प्रक्रिया अगाडी बढ्छ।’ प्रहरीमा परेको किटानि जाहेरीका आधारमा अनुसन्धान हुदै जादा कार्किको मुद्दामा गत भदौ २८ गते मोरङ जिल्ला अदालतले सफाई दिएको हो ।