पथरी, ६ असोज । धरान सिटिलाई हराउदै झापा – ११ मोरङ पथरी शनिश्चरेमा जारि पहिलो इन्ट्रा पथरी शनिश्चरे अन्तरराष्ट्रिय गोल्डकपको दोस्रो चरणमा प्रबेश गरेको छ ।

आईतबार भएको प्रतियोगितामा झापा ११ को जितका लागि  प्रदिप बुढाथोकी ह्याट्रिक पुरा गरे । बुढाथोकीले खेलको ९, ४१ र ५२  मिनेटमा गोल गर्दै ह्याट्रीक गरे ।

झापा ११ का बुढाथोकीले खेलको  ९ मिनेटमा उत्सव राईको पासमा गोल गर्दै खाता खोलेका थिए । पहिलो हाफ १ गोलको अग्रता लिएको झापा ११ ले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । खेलको ४१ र ५२ मिनेटमा झापा ११ का हरि बहादुर आले मगरको पासलाई सदुपयोग गर्दै बुढाथोकीले ह्याट्रिक पुरा गरे । अतिरिक्त समयमा पारस कार्कीको पासमा अभिसेक गुरुङले गोल गर्दै खेल ४-० ले झापा-११ ले जितेको थियो ।

खेलको म्यान अफ द म्याच घोषित ह्याट्रिककर्ता प्रदिप बुढाथोकी घोषित हुदै नगद पॉच हजार प्राप्त गरे । उनलाई खेलका अतिथी प्रदेश संसद गिता तिम्सिनाले पुरस्कृत गर्नु भएको थियो । प्रतियोगिता अन्तरगत भोली सोमबारको तेस्रो खेल यु के एफसी दार्जेलिङ भारत र संकटा क्लब काठमाडौ बिच हुने छ ।

प्रतियोगितामा ए डिभिजन क्लब संकटा सहित ब्रिगेड व्वाइज क्लब, भारतको युकेएफसी, सिराहाको सहलेस युथ क्लब, धरान सिटी फुटबल क्लब, झापा ११ फुटबल क्लबसहित ८ टोलीको सहभागिता छ । पथरी ११ ले आयोजना गरेको प्रतियोगिताको मुख्य प्रायोजक इन्ट्रा फाउण्डेशन अमेरीका रहेको छ भने मुख्य सहयोग पथरी शनिश्चरे नगरपालीकाले गरेको छ ।

प्रतियोगिता मोरङको पथरी शनिश्चरे १ स्थित पथरी रंगशालामा असोज ५ देखि १२ गते सम्म संचालन हुनेछ । गोल्डकपको विजेताले तीन लाख र उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद रू पच्चिस हजार र अन्य विधागत उत्कृष्ट खेलाडीहरूले जनही दश हजार प्राप्त गर्नेछन भने प्रत्येक खेलको म्यान अफ द म्याचले पॉच हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय