पथरी, ७ असोज । मोरङको पथरी शनिश्चरेमा जारी प्रथम ईन्ट्रा पथरीशनिश्चरे गोल्डकपको आजको खेलमा संकटा क्लब काडमान्डौ विजयी बनेको छ ।
संकटा र भारतको पाहुना टोली खर्साङ युनाईटेड विच भएको प्रतिष्पर्धात्मक खेलमा संकटाले २-० को नतिजा निकाल्दै जित हासिल गरेको हो ।
संकटाका लागि खेलको ३३ औ मिनेटमा कृपा चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । चौधरीले प्रहार गरेको बल खर्साङका गोलरक्षक रुपक कोयाले नियन्त्रणमा लिन खोज्दा रिबाउण्ड भएको थियो । रिबाण्ड भएको बललाई सदुपयोग गर्दै चौधरीले जाली चुमाएका थिए ।
पहिलो हाफको खेलमा संकटा सग फितलो खेल प्रर्दशन गरेको खर्साङ दोस्रो हाफमा खेलको लय पक्रदै संकटा माथी दवाव सृजना गरेपनि गोल गर्न सकेन । खेलको अतिरिक्त समयमा संकटाका युवराज ढकालले थप एक गोल गर्दै खेल २-० को अवस्थामा पुर्याए । यो जित सगै संकटाले सेमिफाईनलको यात्रा तय गरेको छ । आजको खेलको म्यान अफ दि म्याच विजयी टोली संकटका खेलाडी पुस्कर खड्का घोषित भए उनले नगद ५ हजार र ट्रफी हात पारे ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजित गोल्डकपको आयोजना पथरी-११ फुटबल क्लवले गरेको हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।
पथरी शनिश्चरे-१, जाँते मोडको प्रस्तावित पथरी रंगशालामा भएको प्रतियोगितामा प्रथम र दोस्रो स्थान हासिल गर्ने टिमलाई क्रमशः ३ लाख र २ लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्ने पथरी-११ फुटबल क्लवका अध्यक्ष सुमन विकले बताउनु भयो ।
भोलिको अन्तिम क्वाटरफाईनल खेल ब्रिगेड बाईज कल्व काठमान्डौ र सहलेस युवा क्लव सिरहाका विचमा हुने गोल्डकप संयोजक जितेन राईले जानकारी दिनुभयो ।
ADVERTISEMENT