उर्लाबारी, ८ असोज । मोरङको उर्लाबारीमा असोज १५ गतेदेखि दोस्रो सस्करणको वडास्तरीय भेट्रान फुटबल रनिङ कप प्रतियोगिता हुने भएको छ ।
उर्लाबारी-३ स्थित मंगलबारे भेट्रान क्लबको आयोजनामा संचालन हुने सो प्रतियोगितामा उर्लाबारी नगरपालिकाका ९ वटै वडाका भेट्रान टिमको सहभागिता रहने आयोजक क्लवका अध्यक्ष राजन सुवेदिले बताउनु भयो ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका प्रतियोगिता संचाल गर्न लागिएको आयोजकले जनाएको छ ।
वडा नम्बर ३ सालबारीस्थित प्रस्तावित सालबारी रंगशालामा हुने सो प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर, वेष्ट गोल किप्पर, वेष्ट डिफेन्डर, वेष्ट कोच, म्यान अफ दी म्याचलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने क्लवका सचिव मिलन भट्टराईले जानकारी दिनुभयो ।
यसैबिच शनिबार ९ वटै वडाका भेट्रान टिमका प्रतिनिधीको रहोबरमा आयोजकले सो प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
सो प्रतियोगिता संचालनको लागि करिव ५ लाख खर्च हुन सक्ने आयोजकले बताएको छ ।
प्रतियोगिता संचालनको लागि खेलप्रेमी, समाजसेवी, स्थानिय संघसंस्था लगायतसँग आर्थीक साहायता संकलन गरिरहेको छ । यसैबिच सो प्रतियोगिताको उद्घाटन खेल असोज १५ गते मंगलबार वडा नम्बर १ र ४ का भेट्रान क्लवबिच दिउसो ३ बजेदेखी संचालन हुने खेल संयोजक विजय माझीले बताउनु भयो । b

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय