पथरी, ९ असोज । मोरङको पथरीशनिश्चेमा जारी प्रथम ईन्ट्रा पथरीशनिश्चरे गोल्डकपमा आयोजक पथरी-११ लाई हराउदै संकटा क्लव काठमान्डौ फाईनल प्रवेश गरेको छ ।
संकटका लागी खेलको ११ मिनेटमा कृपा चौधरीले आर्कषक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफमा संकटाले आयोजकमाथी दवावपुणर् खेल पस्केको थियो ।
पहिलो हाफमा दवावमा रहेको आयोजक टिम दोस्रो हाफमा लयमा फर्कदै संकटामाथी दवाव सृजना गर्दैै उत्कृष्ठ प्रर्दशन गरेको थियो । संकटालाई दवावमा राख्ने क्रममा ५१ मिनेटमा आयोजकका बिजु भुजेलको प्रहार गोलपोष्टमा ठोक्किएर रिवाउण्ड हुदा गोल गर्ने अवसर गुमेको थियो । खेलको ५३ मिनेटमा भुजेलले नै प्रहार गरेको बल गोलपोष्ट माथीबाट बाहिरियो । दोस्रो हाफमा संकटामाथी अक्रमक खेल खेलेको आयोजकले ६१ मिनेटमा बिबेक पौडेलले डिबक्स एरियाबाट प्रहार गरेको बलले जाली चुम्यो । बिबेकको गोल सगै आयोजकले खेलमा कमव्याक गर्दै १-१ गोलको बराबरीमा नतिजा पुर्‍यायो ।
नतिजा बराबरी भए सगै संकटामाथी झनै आक्रमक खेल खेलेको आयोजकले गोल गर्ने अन्य सुन्दर मौकाहरुको सदुपयोग गर्न नसक्दा खेल १-१ गोलको बराबरीमा सकियो र टाईब्रेकर तर्फ खेल धकेलियो ।
टाईब्रेकरमा संकटाका खेलाडी पुस्कर खड्का, युवराज ढकाल र कृपा चौधरीले गोल गरे भने अनिस परियारको प्रहार बाहिरिएको थियो ।
आयोजक टिमका खेलाडी सनम धिमालको प्रहारले जाली चुम्दा धिरेन क्षेत्रिको प्रहार बाहिरिएको थियो, साइमन लिम्वुको प्रहार गोलपोष्टमा ठोक्किएर फर्कियो भने निरज परियारको प्रहारलाई संकटाका गोल रक्षक निसान रानाले रोकेका थिए । यो सगै संकटाले आयोजकलाई ३-१ गोल अन्तरले पाखा लगाउदै फाइनलको यात्रा तय गरेको छ । आजको खेलको म्यान अफ दि म्याच संकटाका गोलरक्षक क्याप्टेन निशान राना घोषित भए उनले नगद ५ हजार हात पारेका छन् ।
संकटाले फाइनल खेल असोज १२ गते भोली हुने दास्रो सेमिफाइनल खेलका विजेता टिम सग प्रतिष्पर्धा गर्ने छ । भोलीको दोस्रो सेमिफाइनल खेल झापा-११ फुटबल क्लव र ललितपुरको बिगे्रड ब्वाईज क्लवका विचमा हुने गोल्डकप संयोजक जितेन राईले बताउनु भयो ।
पथरी शनिश्चरे-१, जाँते मोडको प्रस्तावित पथरी रंगशालामा भएको प्रतियोगितामा प्रथम र दोस्रो स्थान हासिल गर्ने टिमलाई क्रमशः ३ लाख र २ लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्ने पथरी-११ फुटबल क्लवका अध्यक्ष सुमन विकले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय