उर्लाबारी, ११ असोज । विगत २ दिन देखीको लगातारको वर्ष सगै बक्रा खोलमा पानीको बहाव बढेको छ ।
उर्लाबारी ४ र ३ को सिमाना भएर बग्ने बक्रा खोलाले धार परिवर्तन गरी पुर्वपश्चिम राजमार्गको बक्रा पुलदेखी दक्षिण पट्टीको क्षेत्रमा कटान सुर गरेको छ ।
खोलामा पानीको उच्च बहावका कारण खोलाको ढिलमा रहेको सुकुम्वासी बस्ती र स्थानियको धानखेत तिर बाढी पस्ने जोखीम बढेर गएको छ ।
उर्लाबारी नगरपालिका क्षेत्रमा रहेका मुख्य चार ठुला खोलाहरु सुनझोडा, तेली, सोल्टी, बक्रा र मावा खोलामा बाढी आईरहेको छ ।
ADVERTISEMENT