उर्लाबारी, ११ असोज । विगत २ दिन देखीको लगातारको वर्ष सगै बक्रा खोलमा पानीको बहाव बढेको छ ।
उर्लाबारी ४ र ३ को सिमाना भएर बग्ने बक्रा खोलामा पानीको बहाव बढेसगै महिनौ देखी ढल्केको ११ हजार भोल्टको विद्युतको तारले बक्राको पानी छुनै लागेको छ ।
खोलामा पानीको बहाव उच्च भएका कारण बाढीले विद्युतको पोल उच्च जोखिममा परेको हो । यता नेपाल विद्युत प्राधिकरण उर्लाबारी शाखाका प्रमुख निराजन शाह भने बाढीले विद्युतको पोलमा कुनै क्षति पुर्‍याउन नसक्ने बताउछन् ।
उनि भन्छन्-‘त्यो पोल ठुलो बेसमा गाडेको छ बाढीले क्षति पुर्‍याउन सक्दैन, खोलामा पानी निरन्तर भएका कारण उक्त क्षेत्रमा डोजर लान नसकेपछि ढल्केको पोललाई सोझ्याउन सकिएन’।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय