उर्लाबारी, १३ असोज । उर्लाबारी नगरपालिका वडा नम्बर-२ भएर बग्ने तेली खोलामा आएको बाढिले कटान गरेको छ । खोलाले कटहरेमा कटान गरेको २ नम्बर वडा अध्यक्ष कुमार कडेलले बताउनु भयो । हाल कटान भएको स्थानमा नगरपालिकाको बिपद ब्याबस्थापन टोलि, स्थानियहरु, नेपाल प्रहरीले कटान रोकथामका लागी काम गरी रहेको अध्यक्ष कडेलले बताउनु भयो । बिगत २ दिनदेखि परेको अबिरल झरिका कारण तेली खोलामा आएको बाढिले उक्त स्थानको २ ठाउमा कटान गरी स्थानियको निजि जग्गामा क्षेती पुर्याएको स्थानियहरु बताउछ्न । उनिहरु भन्छन जापन सरकारको सहयोगमा गत बर्स मात्रै आर, एन, एन सस्थाले उक्त खोला तटबन्ध्न गरेको थियो अहिले नै बाढिले तटबन्ध्न बगायो । बाढिले तटबन्धन बगाएपछि स्थानियहरुले खोला तटबन्धनमा अनिवार्य रुपमा तारजालि लगाउनै पर्ने बताएका छ्न । हाल उक्त स्थानमा उर्लाबारी नगरपालिकाका मेयर गगाप्रसाद खरेल, उपमेयर मिनादेबी खतिवडा, वडा अध्यक्ष कुमार कडेल, नेपाल प्रहरीको टोलि, बिपद ब्याबस्थापनको टोलि, स्थानिय जुटेर रोकथामका लागी बासको अस्थाई पाईलिङ गरि पानीको भङगालोलाई रोक्ने काम थालनी गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय