उर्लाबारी वडा नम्बर २ स्थित डुम्रे क्षेत्रमा जंगली हात्तीले विगत ३ दिनदेखि निरन्तर वितण्डा मच्चाइरहेको छ।

हात्तीले स्थानीयको अन्नपात राखिएको कटेरो भत्काउनुका साथै बालीमा समेत क्षति पुर्‍याउँदै आएको छ। विशेष गरी रातीको समयमा बस्ती छिरेर हात्तीले दुःख दिँदै आएकोमा यसलाई नियन्त्रणमा लिने विषयमा भने कसैले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

“वर्षौंदेखि हात्तीले डुम्रेमा वितण्डा मच्चाइरहेको छ । बिहान झिसमिस र बेलुका हिँडडुल गर्न समेत त्रास भएको छ। गत वर्ष स्थानियको घर समेत भत्काएको थियो । अहिले धानबालीमा पसेर काट्न लागिएको धान सोत्तर भएको छ। “, स्थानीय महेश भण्डारीले भने, ‘ बुधबार र बिहिबार मात्रै करिब ८५ हजार बराबरको धानबालीमा क्षति पुर्‍याइसकेको छ।’

बिहिबार राति करिव १० बजे आएका १८ वटा हात्तीको बथानले डुम्रेका सक्षमसहित चन्द्र बहादुर भुजेल र भक्त बहादुर भण्डारीको पाकेको धान बाली खाएर नोक्सान पुर्‍याएको वडाध्यक्ष राजनकुमार कडेँलले बताए ।

उनकाअनुसार बिहिबार राती आएको हात्तीको बथानले स्थानियको करिव ६० हजार बराबरको धान बाली खाएर तथा सोत्तर बनाएर कृषकलाई नोक्सान पुर्याएको थियो ।

यस्तै बुधबार आएको हात्तीको बथानले स्थानिय हरी मगरको धान बालीमा नोक्सान पुर्याउदा करिव २५ हजार बराबरको क्षती भएको वडाध्यक्ष कडेँलले बताए ।

अस्थाई प्रहरी चौकी मंगलबारे, सामुदायिक वनका पदाधिकारी , जनप्रतिनिधीलगायत स्थानियले साईरन बजाएर , ठाउठाउमा आगो बालेर कोलाहल मच्चाउदै हात्ती खेदाएका थिए ।

यस्तै हात्तीको वितण्डाबाट स्थानियको कटेरो र धानबालीका अलवा अन्य भौतिक संरचना र मानवमा क्षती हुन नपाएको वडाध्यक्ष कडेँलले बताए ।

त्यस्तैगरि शुक्रबार विहान क्षतीको विवरण बुझ्न पुगेका वडाध्यक्ष कडेँलले प्रहरीसँगको समन्वयमा स्थलगत मुचुल्का उठाएर कार्यपालिकामा पेश गरि स्थानियलाई राहत दिने बताए ।

यस्तै उनले बस्तीमा हात्ती पस्ने सम्भावित क्षेत्रहरुमा यथाशिघ्र स्वचालित सेस्सर साईरन र उज्यालो बत्ती जडान गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय