
उर्लाबारी-२ डुम्रेमा टोलकप नकाउट फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ । प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा उर्लाबारी वडा नम्बर २ स्थित सिरुझार टोल विजयी भएको छ ।
सिरुझारले पुरानो मंगलबारे, उर्लाबारी २ लाई २-१ को गोलअन्तरले हराएको थियो । सिरुझारको जितको लागि पहिलो हाफको २० औ मिनेटमा उत्सव खड्काले र ४३ औं मिनेटमा पूर्ण मगरले १÷१ गोल गरेका थिए । यस्तै पुरानो मंगलबारेका करण थापाले खेलको ४६ औं मिनेटमा १ गोल गर्न सफल भएका थिए ।




आफ्नो उत्कृष्ट खेल प्रदर्शनी गरेको बताउदै आयोजकले पुरानो मंगलबारेका करण थापालाई म्यान अफ दि म्याच घोषिणा गरेको थियो ।
सिमसार फुटबल क्लव उर्लाबारी वडा नम्बर२ को आयोजनामा शनिबारदेखी सुरु भएको सो प्रतियोगिता आगामी कार्तिक १५ गतेसम्म संचालन हुनेछ । सो प्रतियोगीतामा उर्लाबारी वडा नम्बर २ र ३ का ९ वटा टोलको सहभागीता रहने आयोजक क्लवका अध्यक्ष साजन श्रेष्ठले बताए ।
उर्लाबारी वडा नम्बर २ डुम्रेस्थित डुम्रे खेल मैदानमा संचालन भैरहेको सो प्रतियोगिताको विजेताले साडे ७ हजार, उपविजेताले साडे ५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक वडा खेलकुद समितीका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच, उत्कृष्ट खेलाडी, वेष्ट मीड फिल्ड, वेष्ट डिफेन्स, हाई स्कोरर, वेष्ट गोल किप्परलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित क्लवका सचिव अमन राईले जानकारी दिए ।
प्रतियोगिता संचालनको लागि उर्लाबारी नगरपालिकाद्वारा सो प्रतियोगिताको प्रथम र दोस्रो ट्रफी ,५ थान फुटबल र मेडल सहयोग प्राप्त भएको आयोजकले बताएको छ । यस्तै बेतिनी सामुदायिक वन उपभोक्ता समुह र स्थानिय खेलाडीद्वारा केहि रकम संकलन गरि सो प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।
यस्तै सो प्रतियोगिताको आईबार हुने पहिलो खेल सिमसार स्टार क्लव उर्लाबारी २ र शुभकामना टोल उर्लाबारी ३ बिच हुनेछ भने दोस्रो खेल बलुचोक उर्लाबारी २ र नया मंगलबारे उर्लाबारी३ बिच हुनेछ ।