पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाको सीमामा पर्ने सुन्झोडा पुलमा शनिबार मिक्स गिट्टी बोकेको टिप्परको ठक्करबाट पथरीमा दुई जनाको मृत्यु भएको छ ।

शनिबार दिउसो करिव २:४५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २स्थित सुनझोडा पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिप्परले पूर्वतर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहालले बताए ।

सो दुर्घटनामा परि मोटरसाइकलमा सवार  पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र  पथरीशनिश्चरे–२ का ४८ वर्षिय प्रितम गौतमको मृत्यु भएको डीएसपी दाहालले बताए ।

दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरुलाई तत्काल उपचारका लागि उर्लाबारी ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको थियो । शरीरको विभिन्न भागमा चोट लागि गम्भिर घाईते भएका दुवै जनाको उपचारकै क्रममा मंगलबारे अस्पतालमा दिउसो करिव ३ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै टिप्पर र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ६ का ३५ वर्षिय सुरेश राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको पथरी प्रहरीले जनाएको छ।

उक्त टिप्पर निर्माणाधीन पूर्व–पश्चिम राजमार्गमा निर्माण सामग्री ओसारपसारका लागि प्रयोग भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय