मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने टाउन सहरबीच भगिनी सम्बन्ध कायम भएको छ।
शनिबार खागोसीमा प्रान्तको तानेसीगामामा दुई पालिका बीच पुर्वाधार क्षेत्रमा काम गर्ने गरि भगीनी सम्बन्ध कायम भएको बताईएको छ ।
सो कार्यक्रममा जापानको तर्फबाट खागोसीमा प्रान्तका गभर्नर कोइची सिओता, सभामुख सुन्लो सिओगामा, मिनामिताने टाउनका मेयर हिरोयासु कोजोनो त्यस्तै, जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) का कार्यकारी निर्देशक मासासी ओकादा उपस्थित रहेका थिए।
त्यस्तै, नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्य डाक्टर सुनिल शर्मा, जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदी, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बविकुमार राई लगायतको उपस्थिति रहेको थियो।
सो कार्यक्रममा बोल्दै डा सुनिल शर्माले दुई पालिकाबीचको सम्बन्ध ऐतिहासीक रहेको बताए।
त्यस्तै मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बविकुमार राईले दुई पालिकाबीच कायम भएको भगिनी सम्बन्धले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, पर्यटन , कृषि र पूर्वाधारका क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे।
त्यस्तै जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर सुवेदीले दुई देशको सम्बन्ध निकै पुरानो रहेको र ती सम्बन्धहरू पालिका पालिकाबीच संसद संसदबीच व्यवसायीबीच र जनता जनताबीच पुर्याउन आफूले सक्दो पहल गरिरहेको बताए ।
सो कार्यक्रममा बोल्दै मिनामितानेका टाउनका मेयर हिरोयासु कोजोनो दुई देशको सम्बन्धलाई दुई पालिकाको सम्बन्धलाई जोड्ने अवसर प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे।








