उर्लाबारी । नेपाल सरकारका संघिय खानेपानी मन्त्री प्रदिप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउन सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
मन्त्री यादबले मोरङको उर्लाबारी-९ मा उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र संघीय खानेपानी आयोजनाको बृहत् सहलगानीमा निर्माण गरिएको खानेपानी आयोजनाको उद्घाटन गर्दै यस्तो कुरा बताउनु भएको हो ।
मन्त्री यादवले भन्नुभयो-गत असोजमा आएको राष्ट्रिय विपत्तिबाट खानेपानी क्षेत्रमा ६ अर्बको क्षति भएको छ, क्षति भएका स्थानमा यसै बर्ष पुननिर्माणका काम अघि बढाई मन्त्रालयले सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँज पुर्याउने प्रतिवद्धता जनाउछ ।’
उपभोक्ताहरूको ३० प्रतिशत, संघीय खानेपानी आयोजनाको ७० प्रतिशत लगानीमा २८ करोड २८ लाख ५० हजार ८ सय ३८ रुपैयाँमा निर्माण भएको आयोजना २०७९ साल भदौ ३० गते सुरु भएको थियो ।
निर्माण सुरु भएको करिव २ वर्ष निर्माण सम्पन्न भई खानेपानी वितरणमा रहेको उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष चिन्तामणी पौडेलले बताउनुभयो ।
पौडेलले भन्नुभयो-‘आयोजनाले छिमेकी पालिका दमक, रतुवामाई र पथरीशनिश्चरेको केही वडा र मिक्लाजुङ गाउपालिकाको वडा गरी करिव १९ हजार ६ सय घरधुरीका १ लाख १० हजार भन्दा बढी जनसख्यामा गुणस्तरिय खानेपानीको सुविधा पुर्याउने अपेक्षा गरिएको छ ।’
सोही अनुरुप स्वरुप चार लाख ५० हजार लिटरको ओभरहेड ट्यांकीबाट पानी वितरण गर्न २ सय १ किलोमिटर पाइप बिछ्याइएको जनाएको छ । उक्त आयोजनाबाट उक्त कार्यक्रममा मोरङ १ का प्रतिनिधिसभा सदस्य डिगबहादुर लिम्बू, कोशी प्रदेशका सांसद उमाकान्त गौतम, नगर विकास कोष महाशाखाका प्रमुख सुवास पन्तलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।