
उर्लाबारी । नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाको रूपमा विकसित भएको नेपाल रेडक्रस सोसाइटीमा नया नेतृत्व चयनका लागि चुनावी प्रक्रिया आगडी बढाइएको छ ।
नेपाल भर करिव १ हजार ५ सय ८ उप–शाखाहरू रहेको नेरेसोमा उर्लाबारी शाखाको नेतृत्व चयनकालागि चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो ।
विश्व रेडक्रस अभियानमा सहभागी हुने उद्देश्यका साथ नेपालमा वि.स. २०२० साल भाद्र ९ गते स्थापना भएको नेरेसो स्थापना भएको थियो ।
विश्वभर मानविय सेवाका क्षेत्रमा कार्य गर्दै आएको सस्थाले उर्लाबारी नगरपालिकामा वि.स. २०५२ सालमा उप–शाखा स्थापना गरी सेवा प्रदान गर्दै आएको छ । सोही शाखाको नया नेतृत्व चयनका लागि पुष २८ गते निर्वाचनको मिती तय गरीएको छ ।
निर्वाचनको मिती तय भएसगै अहिले उप–शाखाको नेतृत्व हात पार्न अध्यक्षमा बर्तमान अध्यक्ष भानुभक्त शर्मा (पराजुली), ऋषिकेश खनाल, विष्णु गुरागाई र गोपाल रिमालको नाम चर्चामा आएको छ । चर्चामा आएका ४ नाम मध्ये सवैको उम्मेदवारी पर्ने सम्भावना देखीएको छ ।
रेडक्रस उप–शाखा उर्लाबारीले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार पुष २६ गते (आज) मनोनयनको मिती तय गरेको थियो । मनोनयनको मिती तय भएपनि उर्लाबारीमा क्रियाशिल ७ राजनैतिक दलका प्रतिनिधीहरु सहित बसेको छलफलले सहमतीका लागि प्रयास गर्ने भएपछि मनोनयनको मिती एक दिनका लागि सारिएको उप–शाखा उर्लाबारीले जनाएको छ ।
शाखाको संचालनका सभापति, महिला उपसभापती, सचिव, कोषाध्यक्ष, उपसचिव, महिला सदस्य र ४ खुल्ला सदस्य गरी ११ सदस्यि कार्यसमिती आवश्यक पर्छ ।
उर्लाबारी उपशाखाले हाल रक्त संचार सेवा केन्द्र, सर्पदंश उपचार सेवा केन्द्र संचालन गर्दै आएको छ । नेरेसो उर्लाबारीमा ५ सय ७९ जना सदस्य रहेका छन् ।



