
उर्लाबारी–७ स्थित पशुपति आवासीय माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दलको १९ औँ सिनियर डिभिजनको तालिममा सहभागी ३६ जना विद्यार्थीहरुलाई विदाई गरिएको छ । आईतबार विहान विद्यालयमा आयोजित विदाई तथा शुभकामना कार्यक्रममा क्याडेट विद्यार्थीहरुलाई हौसला प्रदान गरिएको छ।
गत भदौ १ गतेदेखी सुरु भएको सो तालिम ७९ दिन विद्यालयको प्रांगणमा संचालन भईसकेको छ । तालिमअन्तर्गतको बाँकी २१ दिन विद्यालय बाहिर सञ्चालन हुने भएकोले आज विद्यालय परिसरमा उनीहरुलाई विदाई गरिएको हो ।




कार्यक्रमका प्रमुख अतिथी उर्लाबारी नगरपालिका वडा नम्बर ७ की वडा अध्यक्ष उर्मीला थापाले विद्यालयस्तरमा राष्ट्रिय सेवा दलको तालिम संचालन गर्न आवश्यक रहेको बताउदै उनले यसबाट विद्यार्थीहरुको क्षमता विकास, स्वास्थ्य र फूर्तीलो बनिनुका साथै भुकम्प, बाढिपहिरो लगायत आगलागीमा समेत स्वयमसेवकको रुपमा खट्न सक्ने जनशक्ति तयार गर्न सकिने धारणा व्यक्त गरीन्।
यस्तै कार्यक्रमका विशिष्ट अतिथी प्याब्सन कोशी प्रदेश समितीका सदस्य भुवन श्रेष्ठले राष्ट्रिय सेवा दलमा आबद्ध भएपछि विद्यार्थीहरुमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि, अनुशासित र क्षमतावान भई राष्ट्रिय एकताको भावनाको विकासमा टेवा पुग्ने बताए ।
त्यस्तैगरी, विद्यालयका भाईस प्रिन्सिपल बालकृष्ण पौडेलले शुभकामना मन्तव्य राख्दै विद्यार्थीलाई पढाइसँगै अन्य क्रियाकलापमा सहभागी गराइ व्यक्तित्व विकासका अवसर प्रदान गर्दै जानुपर्ने बताए ।
सो अवसरमा विद्यार्थीहरुले एनसीसी परेड र एरोविक नृत्य प्रदर्शन गरेका थिए ।
क्याडेट विद्यार्थीहरुलाई विद्यालयका संस्थापकद्वय विजय कार्की र सर्मिला कार्की, प्रिन्सिपल आनन्द कार्कीलगायत कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथी तथा अन्य अतिथीहरुले टिका र खादाले विदाई गरेका थिए ।
विद्यालयका संस्थापक निर्देशक विजयकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य स्कूल संयोजक श्रेयसी थापाले राखेकी थिईन् ।
यसपटक राष्ट्रिय सेवा दलका लागि पशुपति मात्रै मोरङ जिल्लामा सिनियर डिभिजनको तालिमको अनुमति पाएको थियो ।
१ सय दिनसम्म सञ्चालन हुने सो तालिमअन्तर्गत बाँकी २१ दिन महोत्तरी जिल्लाको नेपाली सेनाकाे मध्यपुर्वी तालिम शिक्षालय, बर्दिबास क्याम्पमा सञ्चालन हुने नेपाल आर्मीका प्रशिक्षक सिपाही पृश्वी मगरले बताए । यस्तै उनले यसपटक तालिममा देशभरीका ५ सय ४० जना क्याडेट विद्यार्थीहरुबिच प्रतिस्पर्धा समेत हुने बताए ।
विद्यालयका शिक्षक शंकर विश्वकर्माले सहजिकरण गरेको सो कार्यक्रममा प्याब्सन मोरङ जिल्ला समितीका निवर्तमान उपाध्यक्ष सुरेन्द्र सुवेदी, प्याब्सन उर्लाबारी नगर समितीका अध्यक्ष सुर्य पौडेल, विद्यालयका शिक्षकलगायतको आतिथ्यता रहेको थियो ।
नेपाल सरकारको सम्पुर्ण व्यवस्थापकीय खर्च रहने क्याडेट तालिम नेपालमा वि.सं. २०२२ सालदेखी सुरु भएको हो । हालसम्म विद्यालयस्तरमा सो तालिम लिई ४३ हजार ७ सय ४० जना पास आउट भैसकेका छन्।