उर्लाबारी । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा आगामी माघ १२ गते उर्लाबारी–५ स्थित हाटखोलामा चिचिरी, गेन्द्रो दिवस मनाईने भएको छ ।
“सस्कृती, मौलिकता र स्वस्थ खाना“ भन्ने नाराका साथ पाँचौ सस्करणको कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ ।
धिमाल समुदायको मौलिक परिकार, संस्कृतिको प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गर्न लागेको केन्द्र्का महासचिव मातृका धिमालले बताउनु भयो । यसअघि कार्यक्रम क्रमशः दमक, उर्लाबारी, बेलबारी र पथरीमा आयोजना गरिएको थियो ।
आयोजक समितिका अनुसार कार्यक्रममा चार हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा जनकारी दिएको छ ।
कार्यक्रममा धिमाल समुदायका परम्परागत परिकारहरू चिचिरी, गेन्द्रो, तोले, चुवर, माखालाई, पायाको बिहा, गोरा, हाया लगायतका परीकारहरु रहने छ्न ।
सो अवसरमा धिमाल जातिको मौलिक खानाहरु चिचिरी, गेन्द्रो, तोले, चुदुर, माखालाई, पायाको बिहा, गोरा, हाया लगायतका परिकारहरु पाइने केन्द्रका सहअध्यक्ष तथा कार्यक्रम संयोजक केदार धिमालले बताउनुभयो ।
एक दिवसीय कार्यक्रममा गायिका बेनिसा पौडेल, छेसाङ तामाङ, डिकबहादुर धिमाल, सन्जिव धिमाल, राजेश धिमाल, सुरेश धिमाल र उर्नि तुन्जाई सांस्कृतिक मञ्चका कलाकारहरुको प्रस्तुति समेत रहने जनाइएको छ ।
धिमाल समुदायको मौलिक पहिचान झल्काउने यस प्रकारका कार्यक्रमहरूले समुदायको सांस्कृतिक धरोहरको संरक्षण र प्रचारमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।
पत्रकार सम्मेलनमा धिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिका अध्यक्ष अम्बरबहादुर धिमाल, उपाध्यक्ष शान्ति धिमाल, सचिवद्वय अजीतकुमार धिमाल र रोमान्सी धिमालको उपस्थिति रहेको थियो ।
ADVERTISEMENT