नवलपरासी । नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ४ जना गम्भिर घाइते भएका छन् भने ३१ जना घाइते भएका छन् ।
कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए ।
बसमा ३१ जना सवार रहेको र चारको अवस्था गम्भीर रहेको पाठकको भनाइ छ । घाइते मध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ। चालक भने फरार रहेकोले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय