चारआली । झापाको चारआली स्थित जंगलमा एक युवाको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
हिजो दिउसो ३ बजे देखी सम्पर्क विहिन भएका ताप्लेजुङको याङवरक-३ स्थायी ठेगाना भई झापाको विर्तामोडमा बस्दै आएका मनकुमार पौडेल चारआलीको जंगलमा भुण्डिएको अवस्थामा भेटिएका हुन् ।
दिउसो देखी समपर्क विहिन भएका पौडेल साझ सम्म पनि घर नफर्किएपछि उनको खोजी भएको थियो । खोजी गर्ने क्रममा रातको लगभग ९ वजे उनि जंगलमा भुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
परिवार स्रोतका अनुसार पौडेलको पैसा, पर्स सुनको चेन गायव भएको जनाउदै परिवारले उनको हत्या भएको हुन सक्ने आशंका गर्दै छानविनको माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय