पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको १६ औं नगर सभा सम्पन्न भएको छ ।
मगलबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको १६ औं नगरसभामा विभिन्न समितिका प्रतिवेदनहरु प्रस्तुत भएको थियो ।
सोही क्रममा नगरको संसोधित बजेट वडा नं. ८ का अध्यक्ष एवं नगर प्रवक्ता नविन कार्कीले प्रस्तुत गर्नुभयो । यसैगरी लेखा समितिका संयोजक भीम राईले लेखा समितिको प्रतिवेदन, सुशासन तथा संस्थागत विकास समितिका संयोजक बिजय लिम्बुले सुशासन सम्वन्धी प्रतिवेदन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र शिक्षा ऐन २०७९ को पहिलो संसोधन विधायन समितिका संयोजक नैना राईले प्रस्तुत गर्नभएको थियो । नगर सभाले सो प्रतिवेदनहरु प्रस्तुत पश्चात् सर्वसम्मत रुपमा पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय