
उर्लाबारी । मोरङको उर्लाबारीमा फागुन ७ गते प्रदेश स्तरीय खुल्ला नकाउट भलिबल प्रतियोगिता हुने भएको छ ।
उर्लाबारी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा कोशी प्रदेश भरिका १० भलिबल टिमको समभागिता रहने आयोजकले जनाएको छ ।




उर्लाबारी–६ स्थित राधिका माविको खेल मैदानमा हुन लागेको प्रतियोगितामा बुद्धशान्ती भलिवब क्लब, पथरी, बुजेट गाईज रतुवामाई, लेटाङ, बिराटनगर, पथिभरा टाइगर झापा, कोशी प्रदेश भलिबल तालिम केन्द्र, उर्लाबारी, बेलबारी र रानी प्रहरी भलिबल क्लब बिराटनगरले प्रतियोगितामा सहभागिता जनाउने छन् ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ हजार, द्वितिय स्थान ओगट्नेले नगद ५५ हजार रुपैयाँ तथा ट्रफी र मेडल प्राप्त गर्ने क्लवका अध्यक्ष रोहित थापाले बताउनु भयो ।