उर्लाबारीको अग्रणी शिक्षालय मोरङ मोडल कलेजमा विद्यालयस्तरीय ‘दोस्रो मोरङ मोडल कप भलिबल टुर्नामेन्ट २०८१’ प्रतियोगिताको उद्घाटन भएको छ । शुक्रबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले सो प्रतियोगिताको उद्घाटन गरेका छन् ।

‘उर्जाको बहाव, विजयको प्रभाव – खेलौं भलिवल’ भन्ने मुल नाराका साथ संचालन पुरुषतर्फको भलिबल स्पर्धा उद्घाटन समारोहमा मन्तव्य राख्दै मेयर खरेलले विद्यार्थीहरुले पढाइसँगै अतिरिक्त क्रियाकलापको रुपमा खेललाई स्थापित गर्नुपर्ने बताए । नगरपालिकाले खेलकुदको महत्व, सीमा र प्राथमिक्ता बुझेको भन्दै खेलकै माध्यमबाट सामाजिक सद्भाव कायम गर्दै नगरको पहिचान बनाउने दिशामा आफुहरु अग्रसर भएको उनको भनाई थियो ।

 

 

कलेजको प्राङ्गणमा संचालित प्रतियोगिता तीन दिनसम्म चल्ने प्रिन्सिपल सन्दिप पौडेलले जानकारी दिए । उनकाअनुसार खेलमा उर्लाबारी, रतुवामाई पथरीशनिश्चरे तथा मिक्लाजुङ पालिकाका गरी १६ वटा निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको छ ।

पहिलो दिनको खेलमा १२ वटा विद्यालयको सहभागिता रहेको थियो । जसमा आयोजक मोरङ मोडलले सार्वजनिक मावि उर्लाबारी -९ लाई पराजित गरेको छ ।

यस्तै, रतुवामाईको राष्ट्र निर्माण बोर्डिङले दाम्राभिट्टा बोडिर्ङलाई पराजित गर्दा, उर्लाबारी -८ को अरनिको माविले उर्लाबारी -७ कै डिकम कलेजलाई हरायो ।

त्यस्तैगरी, उर्लाबारीकै भृकुटी माविले सुनगाभा बोडिङलाई, होलिचायल्डले विद्याज्योति बोर्डिङलाई स्तब्ध तुल्यायो । साथै पथरीको रेडस्टारबाट उर्लाबारीको नेपाल दर्शन कलेज पराजित बन्यो ।

सो प्रतियोगिताको विजेता टिमले २० हजार १ सय ११ रुपैया , उपविजेताले १० हजार १ सय ११ र तेस्रो स्थान प्राप्त गर्ने टिमलाई ७ हजार १ सय ११ रुपैया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक भुपाल काफ्लेले बताए ।

वि.सं. २०७९ सालदेखि क्यालेण्डर बनाएरै वार्षिक रुपमा भलिबल प्रतियोगिता थालनी गरिएको खेल संयोजक काफ्लेले बताए । काफ्लेकाअनुसार समापन कार्यक्रममा विभिन्न विधाका खेलाडीलाई पुरस्कृत गरिने जनाउदै वेष्ट स्याटर, वेष्ट सर्भर, वेष्ट लिबेरो, वेष्ट व्लकर, वेष्ट स्पाईकर, राईरिज प्लेयर र प्लेयर अफ दि सिरिजलगायतका विधामा खेलाडीहरुलाई सम्मान गरिनेछ ।

मोरङ मोडल कलेज संचालक समिति सदस्य सचिन शाक्यको सभापतित्व रहेको उक्त उद्घाटन कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रशासकीय अधिकृत शालिग्राम काफ्ले, उर्लाबारी- ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकी, उर्लाबारी जेसीजका अध्यक्ष भाईटीका भट्टराई, रेडक्रस उर्लाबारीका सभापति भानुभक्त शर्मा पराजुली, पूर्व भलिबल खेलाडी वीरबल थापा, लायन्स क्लब अफ उर्लाबारीका अध्यक्ष पवन अग्रवाल, नगर भित्रका विभिन्न निजी विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरू सुरेन्द्र सुवेदी, आनन्द कार्की, हेमचन्द्र भट्टराई, एलपी राई, अमर काफ्ले, प्याब्सन उर्लाबारीका नगर अध्यक्ष सूर्य पौडेललगायतको आतिथ्यता रहेको थियो ।

आयोजक कलेजका शिक्षक वीपी भट्टराईले सो कार्यक्रम संचालन गरेका थिए ।

वि.सं.२०३७ मा स्थापित मोरङ मोडलमा हाल १ हजार २ सय ४५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । प्ले ग्रुपदेखि स्नातक तहसम्म अध्यापन हुने सो विद्यालय/कलेजले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय