गोपाल काफ्ले, पथरी । मोरङको पथरीमा रहेको बाल्मीकि स्कूल पालिकाकै उत्कृष्ट विद्यालय भएको नगर शिक्षा शाखाले जनाएको छ ।
बाल्मीकि स्कूलको २७ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै पथरीशनिश्चरे नगरपालिकाका शिक्षा शाखा प्रमुख नविन खुलालले विद्यालयको शैक्षिक गुणस्तर, अतिरिक्त क्रियाकलापका आधारमा बाल्मिकि नं १ रहेको बताउनु भयो ।
बाल्मीकि स्कूलले फागुन १६ गते शुक्रबार आफ्नो २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा नगरकै उत्कृष्ट विद्यार्थी, अतिरिक्त कृर्याकलापमा उत्कृष्ट, कक्षागत उत्कृष्ट विद्यार्थी पुरस्कृत र पुर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई नर्सरी देखि कक्षा ११ सम्म पुरस्कृत गरेको छ । कार्यक्रममा विद्यार्थीहरुले संस्कार, सांस्कृतिक झल्कने नृत्य, संगीत, र्याम्प वाक तथा विविध कलात्मक प्रस्तुति दिँदै अभिभावकहरूलाई मनोरञ्जन गराएका छन ।
विद्यालयलाई पथरी शनिश्चरे नगरपालिकाको उत्कृष्ट विद्यालय घोषणा प्रमुख अतिथि नवीन खुलाल बुढाथोकीले विद्यालयको शैक्षिक गुणस्तर, अतिरिक्त क्रियाकलाप (भ्ऋब्) र सह–पाठ्यक्रम गतिविधि (ऋऋब्) मा देखिएको उत्कृष्ठताको प्रशंसा गर्दै विद्यालयलाई पथरी शनिश्चरे नगरपालिकाको उत्कृष्ट विद्यालय घोषित गरे। बुढाथोकीले भन्नु भयो “यो कुनै आधारविहीन घोषणा होइन, विद्यालयको विभिन्न पक्षको गहन अध्ययन, तथ्य र अवलोकनमा आधारित छ।“
२५ जना मेधावी विद्यार्थीहरूलाई छात्रवृत्तिः
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवल किशोर खनालले विद्यालयका नीति, कार्यक्रम तथा भावी कार्य योजनाहरू प्रस्तुत गर्नु भएको थियो । सोहि क्रममा विद्यालय संचालक नवल किशोर खनालले स्वर्गीय खगेन्द्र खनाल र स्वर्गीय शिवलाल दुलालको स्मृतिमा छात्रवृत्ति सुरु हुने जानकारी दिनु भएको हो ।
आउदो शैक्षिक शत्र देखि विद्यालयले कक्षा ११ का ५० जना विद्यार्थीहरूका लागि पूर्ण छात्रवृत्ति योजना घोषणा गरेको छ। २५ जना मेधावी विद्यार्थीहरूलाई विद्यालयका निर्देशक नवल किशोर खनालले स्वर्गीय पिता खगेन्द्र खनालको स्मृतिमा र अरू २५ जना मेधावी विद्यार्थीहरूलाई प्रधानाध्यापक चन्द्र प्रसाद दुलालले स्वर्गीय पिता शिवलाल दुलालको स्मृतिमा पूर्ण छात्रवृत्ति दिइने बताउनु भएको छ। विद्यालय व्यवस्थापन समितिका अनुसार, “शिक्षा क्षेत्रमा उहाँहरूले देखेको सपना साकार पार्न तथा दिवंगत आत्माहरूको शान्तिका लागि यो छात्रवृत्ति योजना ल्याइएको हो।“ प्रधानाध्यापक चन्द्र प्रसाद दुलालले बताउनु भयो ।
कार्यक्रमका अध्यक्षता शिक्षक–अभिभावक संघ (पीटीए) का अध्यक्ष नेत्र प्रसाद न्यौपानेले विद्यालयले शिक्षण शिकाई संगसंगै विद्यालयले नैतिक शिक्षा, अन्य खेलकुद गतिविधीमा अब्बल्ता हासिल गरेको बताउनु भयो ।
कार्यक्रममा पथरी शनिश्चरे नगरका सामुदायीक विद्यालयका प्रअ, अभिभावक, शिक्षक, विद्यार्थी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो। शिक्षिका मेलिना आचार्यले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद दुलालले स्वागत मन्तव्य राख्दै विद्यालयको शैक्षिक तथा संस्थागत प्रगति प्रस्तुत गर्नु भएको थियो ।
अभिभावकका प्रतिनिधि ओमनाथ अधिकारीले विद्यालयले उपलब्ध गराउँदै आएका विभिन्न सुविधाहरूको चर्चा गर्दै विद्यालय व्यवस्थापनलाई शैक्षिक र अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिँदै विद्यार्थीहरूमा सकारात्मक संस्कारको विकास गर्ने वातावरण तयार पार्न आग्रह गर्नु भयोको थियो ।
अधिकारीले साना–तिना शारीरिक सजायका विषयलाई लिएर मिडियाले अफवा फैलाउदा त्यसको असर विद्यार्थीहरूकै भविष्यमा पर्ने भन्दै अभिभावकहरूलाई विद्यालयसँग सहकार्य गर्न अनुरोध गर्नु भयो ।
विद्यालयका पहिलो र दोस्रो ब्याचका (एसएलसी २०५८ र २०५९) सम्पुर्ण विद्यार्थीहरूको स्मरण गर्दै, उनीहरूको उपलब्धिहरूको चर्चा सहित सम्मानको कार्यक्रम गरिएको थियो। यो समारोहले विद्यालय, विद्यार्थी, शिक्षक, तथा अभिभावकहरूबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै बाल्मीकि स्कूललाई अझ उज्यालो भविष्यतर्फ अघि बढ्ने प्रेरणा दिएको प्रधानाध्यापक चन्द्र प्रसाद दुलालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय