उर्लाबारी । मोरङको उर्लाबारीमा मोबाईल वर्ल्ड पसल चोरी भएको घटनाको अनुसन्धान नसकिदै अर्को ठुलो चोरीको घटना भएको छ ।
गत माघ २१ गते राति उर्लाबारीको मुख्य चौकमा रहेको मोबाईल पसलमा करिव ४ करोड बराबरको चोरी भएको थियो । उक्त घटनाको अनुसन्धान निषकर्स नआउदै फेरी गए राति उर्लाबारी–४ आईतबारेमा रहेको न्यु पाथिभरा ज्वेलर्समा चोरी भएको छ ।
महिना दिनको अन्तरालमा एक पछि अर्को ठुलो चोरीको घटना हुनुले उर्लाबारीको सुरक्षार्थ रहेको ईलाका प्रहरी कार्यालयको सुरक्षा समयन्त्र कमजोर भएको भन्दै स्थानियले प्रहरी प्रशासन माथी प्रश्न चिन्ह खडा भएको बताएका छन् ।
स्थानिय भन्छन्‌–‘चोरहरुको चङगुलबाट उर्लाबारी सुरक्षित रहेन, महिना दिन वित्न नपाउदै अर्को ठुलो चोरीको घटना भयो, उर्लाबारीमा व्यापार सुरक्षित छैन, कराडौको लागानी चोरले एकरातमै उठाउछ, प्रहरीलाई घटनाको बेलीविस्तार सुनायो कानुनी प्रक्रियामा जान्छ अनुसन्धान धिमी गतिमा हुन्छ, अनुसन्धानको रिजल्ट नआएपछि चोरको मनोवल उर्लाबारी क्षेत्रमा अझै बढ्दै गएको जस्तो देखिन्छ ।
पसलका सञ्चालक रमेश गजमेर बराइलीका अनुसार सोमबार राति पसलको पछाडिको पर्खाल फोरेर चोरहरूले धनमाल चोरी गरेको बताए ।
चोरले करिब २० तोला सुन, ६० केजी हाराहारीमा चाँदी र नगद करिब १५ हजार रुपैयाँ सहित सीसीटीभीको डिभाइस पनि चोरेर लगेको बराईलीले बताए ।
१७ वर्षदेखि निरन्तर रुपमा पसल संचालन गर्दै आएका बराईसञ्चालनमा रहेको न्यु पाथिभरा ज्वेलर्सका सञ्चालक रमेश गजमेर
बराइली सोमबार विहान पसल खोल्न पुग्दा चोरी भएको थाहा पाएपछि प्रहरीलाई घटनाका बारेमा जानकारी दिएका थिए । चोरीको खबर पाएपछि अहिले ईलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले अनुसन्धान प्रक्रिया थालनी गरेको प्रहरी निरीक्षक राकेश यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय