उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा रहेका ४ वटा सस्थालाई खानेपानी फिल्टर वितरण गरिएको छ ।
साना सहयोगि समुह नेपाल सगको सहकार्यमा उर्लाबारी नगरपालिकाका पुर्व मेयर एवम नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोको पहलमा उर्लाबारी नमुना बालगृह उर्लाबारी–७, जीवन बचाउ उपचार केन्द्र उर्लाबारी–७, उर्लाबारी बहुमुखी क्याम्पस र जेष्ठ नागरिक समन्वय केन्द्र उर्लाबारी–४ लाई खानेपानी फिल्टर वितरण गरिएको हो ।
फिल्टर वितरण गर्दै फागोले भने–फिल्टरबाट पानी प्रसोधित गरी पिउनाले पानी स्वच्छ बन्छ, स्वच्छ पानीले हाम्रो शरिरलाई तन्दुरुस्त राख्न मद्दत गर्छ ।
कार्यक्रममा साना सहयोगी समुह नेपालका अध्यक्ष मिलन आर्चायले सहयोगि समुहले देशको शिक्षा, स्वास्थ्य तथा खानेपानीका क्षेत्रमा देशै भरी काम गर्दै आएको बताए ।
फिल्टरको मुल्य प्रतिफिल्डर करिब ३२ हजार रुपैया पर्ने समुहले जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति सुरेन्द्र लिम्बु, नेपाली कांग्रेस कोशी प्रदेश समन्वय विभाग उप–सभापति नाराएण सिटौला, नेपाली कांग्रेसका युवानेताहरु, टंक राई, सोमप्रसाद तिम्सीना लगाएतको उपस्थती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय