उर्लाबारी । ईलाका प्रहरी कार्यालय उर्लाबारीको कमाण्ड सम्हाली रहेका प्रहरी निरिक्षक राकेश यादव प्रदेश प्रहरी गण विराटनगर तानिएका छन् ।
पछिल्लो समय उर्लाबरीमा १ महिनाको अन्तरालमा भएका २ वटा चोरीका ठुला घटनाको अनुसन्धानमा सुस्तता छाएको भन्दै यादवको स्थानिय स्तरमा टिकाटीप्पणी भएका थिए । यादवले गत असोजबाट उर्लाबारीको कमाण्ड सम्हालेका थिए ।
प्रहरी स्रोतका अनुसार उर्लाबारी क्षेत्रमा अपराध, चोरी–डकैती तथा लागूऔषध सम्बन्धी घटनाहरू बढ्दै गएपछि सुरक्षा व्यवस्था सुदृढ गर्न नसकेको भन्दै यादवलाई काज सरुवा गरिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिए । यादवको स्थानमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी निरिक्षक रन्जन बराललाई पठाइएको छ । उनले बुधबार दिउसोदेखी उर्लाबारीको कमाण्ड सम्हालेका छन् । उर्लाबारीको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन नयाँ इन्चार्जको भूमिका कस्तो रहनेछ भन्ने चासो बढेको छ ।
नया आउने प्रहरी प्रमुखलाई चुनौतिका चाङ यस्ता छन्‌ः
चुनौती–१, गत माघ २१ गते राति उर्लाबारीको मुख्य चोकमा रहेको मोबाइल पसलमा करिब ४ करोड रुपैयाँ बराबरको समान चोरी भएको घटना सेलाउन नपाउँदै फागुन १९ गते सोमबार बिहान एउटा सुन पसलमा चोरी भयो । एक महिना पुग्न नपाउदै लगातार भएका यी ठूला चोरी घटनाले उर्लाबारीमा सुरक्षा व्यवस्था कमजोर रहेको देखाएको छ ।
माघ २१ गते राति अज्ञात समूहले मोबाइल वर्ल्डको सटर फोडेर पसलमा रहेका मोबाइल, ट्याब्लेट तथा अन्य सामान गरी करिब ४ करोड रुपैया बराबरको चोरी भएको छ ।
प्रहरी कार्यालयबाट कबि एक सय मिटरको दुरीमा रहेको मोबाईल पसलमा भएको चोरीको घटना पश्चात अनुसन्धान प्रक्रिया थालेको प्रहरीले १ महिना बित्दा सम्म पनि आरोपित सार्वजनिक गर्न नसक्दा प्रहरी अनुसन्धान माथी नै फितलो भएको भन्दै स्थानियहरुले प्रश्न चिन्ह खडा गरेका थिए ।
चुनौती–२, गत माघ २१ गते राति उर्लाबारीको मुख्य चौकमा रहेको मोबाईल पसलमा भएको चोरी घटनाको अनुसन्धान निषकर्स नआउदै फेरी फागुन १९ गते राति उर्लाबारी–४ आईतबारेमा रहेको न्यु पाथिभरा ज्वेलर्समा चोरी भएको थियो ।
पसलका सञ्चालक रमेश गजमेर बराइलीका अनुसार राति पसलको पछाडिको पर्खाल फोरेर चोरहरूले धनमाल चोरी गरेको बताएका थिए । उक्त पसलबाट चोरले करिब २० तोला सुन, ६० केजी हाराहारीमा चाँदी र नगद करिब १५ हजार रुपैयाँ सहित सीसीटीभीको डिभाइस पनि चोरेर लगेको बराईलीले बताएका थिए । चोरीको घटना पश्चात अनुसन्धान प्रक्रिया थालनी गरेको प्रहरी सिसिटिभीको डिभाइस नै नपाएपछि सकसमा परेको थियो । डिभाईस नै चोरीएको पाईएपछि अनुसन्धानको अन्य पाटाबाट काम गरिहेको प्रहरीले अहिले सम्म उक्त घटनामा समलग्नहरुलाई पक्राउ गर्न सकेको छैन ।
पछिल्लो समय उर्लाबारीमा स्थानीयवासी र व्यवसायीहरू प्रहरीको सुस्त कार्यशैलीप्रति आक्रोशित छन् । गत माघ २१ गते भएको चोरीपछि प्रहरी अनुसन्धान सक्रिय नहुँदा पुनः अर्को ठूलो चोरी भएको उनीहरूको भनाइ छ । व्यवसायीहरूका अनुसार उर्लाबारीमा सुरक्षा व्यवस्था कमजोर भएकाले अपराधीहरू निडर बनेका छन् ।
चुनौती–३, उर्लाबारीमा पछिल्लो समय लागुपदार्थ प्रयोग कर्ताहरु र ओसारपसारमा समलग्नहरुको विगविगी रहेको छ । भौगोलिक हिसावमा उर्लाबारीले भारत सगको खुला सिमाक्षेत्र नछोएपनि उर्लाबारीमा पछिल्लो समय लागुपदार्थ दुर्व्यशनीको कारोबारी र प्रयोगकर्ताहरुको संख्यामा बृद्धि हुदै गरेको स्थानियहरु बताउछन् । नया आउने प्रहरी कमाण्डरलाई लागुपदार्थ ओसारपसार, दुर्व्यशनीको घटनालाई निश्तेज गर्नु अर्को चुनौती पुर्ण कार्य हुन सक्ने स्थानियहरुले आंकलन गरेका छन् ।
सरोकारवाला निकाए र स्थानिय वासीको अपेक्षा यस्तो :
उर्लाबारीमा पछिल्लो समय लगातार भएका ठूला चोरी घटना र लागुपदार्थ दुर्व्यशनिका घटना बढ्दै गएपछि स्थानीयवासीले सुरक्षा व्यवस्थालाई चुस्त माग गरेका छन् ।
उनीहरूले बजारमा सीसीटीभी निगरानी बढाउन, राति गस्ती प्रणालीलाई प्रभावकारी बनाउन र चोरी घटनामा संलग्न अपराधीलाई छिटो पक्राउ गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।
प्रहरीले चोरीको घटनामा समलग्न अपराधी चांडै समातिने दावि गरेको भएपनि हाल ठोस सम्म उपलव्धी हासिल गर्न नसकेपछि स्थानीय व्यवसायीमा डर र असुरक्षाको भावना बढ्दै गएकोले सुरक्षा व्यवस्थामा सुधार नगरेमा व्यवसाय सञ्चालन गर्न कठिन हुने उद्योग वाणिज्य संघ उर्लावारीका अध्यक्ष तारमान सिरिङ लिम्बूले बताए।
सुरक्षा व्यवस्था बलियो बनाउन प्रहरी प्रशासनले कडा कदम चाल्नुपर्ने सिरेङको माग रहेको छ । अनुसन्धानमा ढिलासुस्ती गर्नाले उर्लाबारीमा चोरीका यस्ता घटनाहरू दोहोरिने सम्भावना उच्च रहेको पनि सिरेङले बताए ।
नयाँ इन्चार्ज बराललाई सुरक्षा व्यवस्था सुधार्नका लागि कडा कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ । साथै प्रहरी अनुसन्धानमा दु्रत गतिमा अगाडी बढाउदै चोरीका घटनाहरू दोहोरिन सक्ने सम्भावनाको चुनौतिलाईपार गर्दै अपराधिक गतिविधी रोकथाम गर्न अहिले नै सक्रिय कदम चाल्नु पर्ने चुनौती बराललाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय