पथरी
पथरी बहुमुखी क्याम्पस सन्चालन समिती चयनका लागी शनिवार निर्वाचन हुने भएको छ । क्याम्पस सन्चालनका लागी नयाँ नेतृत्वका लागी अध्यक्षमा ४ जना सहितले निर्वाचनमा होमिने भएका छन्् । यदपी क्याम्पस प्रशाशनको निर्वाचन समितीले शुक्रवार दिउसो सम्म उम्मेद्धारी फिर्ता लिने समयसिमा तोकेको छ । १ अध्यक्ष सहित ११ सदस्यका लागी निर्वाचन हुन लागेको हो । सुरुवातमा सर्वसमतमा समिती चयन गर्ने भनिएपनि शनिवार चुनाव हुने संकेत देखिएको हो ।
उम्मेद्धारकोे लिष्ट अनुसार नेकपा एमालेका नेता नै चुनावी मैदानमा उत्रिएका छन् । नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य देखी प्रदेश कमिटी, जिल्ला कमिटी र वडाका नेतहरु समेत चुनावी मैदानमा देखीएका छन् । एमालले पथरीशनिश्चरेका पुर्व मेयर दिलिप रार्ईलाई अध्यक्षको उम्मेद्धारका रुपमा मैदानमा उतारेको छ । राई एमाले कोशी प्रदेश कमिटीका सदस्य समेत हुन् । त्यसो त नेकपा एमालेका केन्द्रिय सदस्य युवराज बास्कोटा, प्रदेश कमिटी सदस्य देवराज भण्डारी समेत सदस्य पदका उम्मेद्धार बनेका छन् ।
एमाले जिल्ला कमिटीका सदस्य दोहरिएका भगतचन्द्र थपलिया र दुर्गादेवी दंगाल समेत चुनावी मैदानका देखिएका छन् । एमाले पथरीशनिश्चरे नगर पुर्व उपाध्यक्ष उमानाथ अधिकारी देखी एमालेको वडा नम्वर ३का अध्यक्ष खग्रेन्द्र लुइटेल सम्म चुनावी मैदानमा देखीएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय