
उर्लाबारी । मोरङको उर्लाबारी–३ मगलबारेमा रहेको सनसाइन इङलिस सेकेण्डरी बोर्डिङ स्कुलले ‘सनसाइन कार्निभल १.०’ आयोजना गरेको छ ।
स्कुलले विद्यार्थीहरुले अध्ययनका साथ–साथै सहक्रियाकलापमा सहभागि भएर प्राप्त गरेका सिपहरुको प्रर्दशनी गरेका छन् । ‘सनसाइन कार्निभल १.०’ मा विद्यार्थीहरुले स्थानिय जातिय खाद्य परिकारहरुको स्वाद आउने परिकार, चित्रकला, पेपरआर्ट र क्राफ्टको प्रर्दशनी र विक्रि, जातिय भेषभुषाको प्रर्दशनी,फोटोग्राफी, विज्ञान/रोबोटिक्सको प्रर्दशनी, विद्यार्थीहरुकै सिपबाट बनाइएका खेलहरु डार्ट,लक्कीड्र, स्कोर–द–गोल र रिङ–टच जस्ता खेलहरु र सास्कृतिक कार्यक्रम आयोजना गरिएको स्कुलका सस्थापक निर्देशक सुरेन्द्र सुवेदिले बताउनुभयो ।
सनसाईनमा अध्ययन गर्ने विद्यार्थीहरुले सहक्रियाकलापबाट प्राप्त गरेको सिप अवलोकन गर्न उर्लाबारी नगर शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेको टिम, अन्य विभिन्न विद्यालयका विद्यार्थीहरु र अभिभावहरुको बाक्लो उपस्थिती रहेको थियो ।
उर्लाबारी–३ मा विगत ३४ वर्ष देखी अध्ययापन गराउदै आएको स्कुलले हालसम्म करिब ५ सय विद्यार्थीहरुलाई फलामे गेट सम्मको अध्ययन पुरा गरी उच्च शिक्षा अध्ययनका लागि योग्यबनाएको स्कुल प्रसासनले जनाएको छ । विद्यार्थीहरुको सिकाईलाई सहज र सरल बनाउन स्कुलले करिब १६ कट्ठा जमिनमा ५ वटा भवन निर्माण गरी सहज वातावरणमा अध्ययन गराउदै आएको छ ।
उर्लाबारी मगलबारे क्षेत्रमा निजी स्कुलका रुपमा अब्बल कहलिएकोे यस विद्यालयले हरेक वर्ष १८ प्रतिसत छात्रबृद्धि प्रदान गर्दै आएको जनाएको छ । स्कुलमा उर्लाबारी, पथरीको केही भागका विद्यार्थीहरु गरी करिव ५ सय ५० विद्यार्थीहरुले अध्ययन गरिरहेको भाईस प्रिन्सीपल भक्त बस्नेतले बताउनुभयो । स्कुलमा ४२ जना शिक्षकहरु कार्यरत रहेका छन् ।



