
उर्लाबारी । ईलाका प्रहरी कार्यालय उर्लाबारीको कमाण्ड सम्हाल्न आउनु भएका प्रहरी निरिक्षक रन्जन बरालले उर्लाबारीको शान्तिसुरक्षामा कटिबद्ध भएर काम गर्ने बताउनु भएको छ ।
शुक्रबार ईलाका प्रहरी कार्यालयमा पत्रकारसगको परिचयात्मक कार्यक्रममा निरीक्षक बरालले शान्तिसुरक्षा प्रहरीको पहिलो जिम्मेवारी भएको बताउदै शान्तसमाज निर्माणको प्रहरीले नया रणनितीका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उर्लाबारीमा पछिल्लो समय भएका ठुला दुई चोरीका घटनामा प्रहरीको अनुसन्धान प्रक्रियाले ठोस रिजल्ट दिन नसकेपछि यस अघिका प्रहरी निरीक्षकको व्यापक टिकाटिप्पणी भएको थियो ।
टिकाटिप्पणी पश्चात यादवको कमाण्डले उर्लाबारी क्षेत्रमा अपराध, चोरी–डकैती तथा लागूऔषध सम्बन्धी घटनाहरू न्युनिकरण नभएको ठहर गर्दै कोशी प्रदेश प्रहरी गण तानिएका थिए ।
नयाँ इन्चार्ज बराललाई सुरक्षा व्यवस्था सुधार्नका लागि कडा कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ । साथै दुई ठुला चोरीका घटनामा प्रहरी अनुसन्धानमा दु्रत गतिमा अगाडी बढाउदै चोरीका घटनाहरू दोहोरिन सक्ने सम्भावनाको चुनौतिलाई पार गर्दै अपराधिक गतिविधी रोकथाम गर्न अहिले नै सक्रिय कदम चाल्नु पर्ने चुनौती बराललाई छ ।



