उर्लाबारी । मोरङको उर्लाबारी-७ मा रहेको पशुपति आमाबिले यस बर्षको एसईई परीक्षामा प्रदेश नं. १ कै उत्कृष्ट नतिजा ल्याएको दावि गरेको छ ।
उर्लाबारीकै पहिलो निजी विद्यालयको रुपमा स्थापित पशुपति आमाबिबाट आर्दश भट्टराईले जिपिए ४.० ल्याएका छन् । उनले ल्याएको जिपिए प्रदेश नं. १ मा सबैभन्दा धेरै भएको विध्यालयले दावि गरेको छ ।
मोरङ जिल्लामा भने उनी जिपिए ४.० एक्ला विद्यार्थी हुन् । त्यस्तै स्नेहा राईले जिपिए ३.९५ जिल्ला दोस्रो बनेकी छिन् । जिल्लाभरीमा उनीसहित ४ जनाले मात्र जिपिए ३.९५ ल्याएका छन् ।
उत्कृष्ट नतिजासहित शतप्रतिशत नतिजा ल्याएको संस्थापक विजयकुमार कार्कीले जानकारी दिए । निरन्तर विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यार्थी, अभिभावक तथा शिक्षक, कर्मचारीलाई उनले धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय