उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको उम्मेदवार मनोनयन अन्तिम नामावली प्रकाशनमा सकस उत्पन्न भएको छ ।
निर्वाचन समिति संयोजक अम्बिका गौतमका अनुसार–‘निर्वाचन प्रक्रियामा होमिएका विद्यार्थी संगठनहरु मध्ये नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का तर्फबाट आएका नामहरुको समानुपाति उम्मेदवार बनेकाहरुको आवश्यक डकुमेन्ट नपुर्‍याई आएका कारण अन्तिमा नामावली प्रकाशन गर्न सकस भएको हो ।’
आसन्न स्ववियु निर्वाचनमा उर्लाबारी क्याम्पसमा ६ वटा विद्यार्थी संगठनले आ–आफ्नो संगठन दर्ता गराएका छन् । नेकपा एमाले निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेवि संघ, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संजठन, जसपा निकट समाजवादी विद्यार्थी युनियन नेपाल र नेकपा एस निकट अनेरास्ववियूले दल दर्ता गरेका छन् ।
निर्वाचन समिती द्वारा जारी सूचना अनुसार फागुन २७ गते बिहान ११ देखि अपराह्न २ बजेसम्म उम्मेदवार मनोनयन दर्ता सम्पन्न भइसकेको थियो । तर, निर्धारित कार्यतालिका अनुसार बेलुका ५ बजे सार्वजनिक हुनुपर्ने उम्मेदवार नामावली निर्वाचन समितिले “विशेष कारण“ देखाउँदै स्थगित गर्दै आज बुधबार बिहान ११ बजेभित्र नामावली सार्वजनिक गरिने जनाएपनि दुई विद्यार्थी संगठनको समानुपातिक उम्मेदवारको डकुमेन्ट नपुगेको भन्दै नाम सार्वजनिक गर्न सकेको छैन ।
स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूले संगठन दर्ता गरेसँगै हिजो मंगलबार उम्मेदवारी दर्ता गराएका थिए । सभापतिका लागि नेपाल विद्यार्थी संघका पोषणजंग आचार्य र अनेरास्ववियुका गौतमबुद्ध तामाङबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस्तै सभापतिमा अखिल क्रान्तिकारीको तर्फबाट उर्गेन घिसिङ तामाङले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तैगरी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले निर्वाचनमा भाग नलिने बताएको छ ।

आगामी चैत्र ५ मा हुने निर्वाचनमा सो क्याम्पसमा १ हजार १६ जनाले मात्रै मतदानको अधिकार पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय