
पथरी
संघिय संसद सुनिल शर्माको व्याक्तिगत स्वार्थका कारण मोरङ्ग ३ का सरकारी स्वास्थ्य संस्थाका भौतिक निर्माणमा कुनै प्रगती नभएको नेकपा एमालेका केन्द्रिय सदस्य युवराज बास्कोटाले आरोप लगाएका छन् । शर्माले आफ्नो अस्पताल सुुधारका लागी यो क्षेत्रका सरकारी अस्पतालकमा २ वर्ष देखि कुनै भौतिक निर्माणको विकास नभएको वास्कोटाको आरोप रहेको छ ।




नेकपा एमालेले सोमबार बाट सुरु गरेको संघिय लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनपरिचालन तथा जागरणसभामा वोल्दै वास्कोटाले नेकपा एमालेवाट भानुभक्त ढकालका वेलामा सुरु भएको पथरी नगर अस्पतालको पुर्णता अहिले शर्मा कै कारण नभएको वास्कोटाको आरोप थियो । वास्कोटाको भनाई थियो ‘आफ्नो निजी अस्पतालको कारण पथरी र यस क्षेत्रका नगर अस्पतालमा संघिय ससदको ध्यान नै छैन् कुनै वजेट ल्याउने पहल नहुनु दुखद हो’। संसद शर्मालाई आफ्नै अस्पताल बनाउन र त्यहाँ विरामी कसरी भर्ना गर्ने र कमाउने ध्यान भएकाले नै सरकारी अस्पतालमा भौतिक निर्माण र संसाधनका विषयमा कुनै चासो नदिएको हो । संसद शर्मा विराटनगरको नोवेल मेडिकल अस्पतालका मालिक हुन् । मोरङ्गको पथरीशनिश्चरे नगरमा मात्रै एमाले नेता भानुभक्त ढकाल स्वास्थ्य मन्त्री भएको वेला १७ शैयाको अस्पताल निर्माणको शिलान्यास भइ कार्य थालनी भएको छ । पछिल्लो समय संसदमा चर्काे स्वर गरेपनि संसद शर्माले स्थानिय विकासमा भने कुनै पहल गर्न सकेका छैनन् ।