पथरी

नेकपा एमाले पथरीशनिश्चरे नगरको अधिवेशन नजिकिए संगै अध्यक्ष बाहेकका पदाधिकारीमा समेत इच्छा देखाउनेको संख्या वडेको छ । अधिवेशनको सारगर्मी वडेपछि पदाधिकारीका लागी अध्यक्ष पछिको शक्तिशाली पदका रुपमा रहने सचिव पदमा आधा दर्जनले चासो देखाएका छन् । सचिव बन्ने लाइनमा अधिकाश युवा रहेका छन् ।
यस पटक नगर सचिवमा काशीहाङ्ग राई, विरोज मगर,अनोज घिमीरे,तिर्थ आचार्य,पर्शुराम न्यौपाने र अशोक साम्पाङ्ग राई, मनि लिम्बु,निर्मल कटुवालको चर्चा रहेको छ । नगर अधिवेशन नजिकिए संगै नयाँ नेतृत्वका लागी रस्साकस्सी सुरु समेत भएको छ । एमाले नेतृत्वका लागी लविङ्ग गर्ने र संगठित सदस्यहरु संग भेटघाटको कार्यक्रम समेत सुरु भएपछि नेतृत्व चयन चुनावी प्रक्रिया वाटै हुने अनुमान एमाले नेता कार्यकर्ताले गर्न थालेका छन् ।
एमाले नगर अधिवेशन चैत्र २७ मा हुने छ । नगर भुगोल वाट १४० जना प्रतिनिधी छनौट हुने छन भने १० वटा जनवर्गिय संगठन वाट ३१ जना प्रतिनिधी अधिवेशनमा प्रतिनिधीका रुपमा छनौट हुने छन् । अधिवेशनका लागी प्रतिनिधी छनौटको मिती भने एमाले नगरकमिटीको चैत्र १५ मा हुने पुर्ण नगरकमिटी वैठकले तय गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय