
काठमाडौं । गृह मन्त्रालयले चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक आन्दोलनमा १३४ जना घाइते भएको जानकारी दिएको छ । गृहमन्त्री रमेश लेखकले आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा घटनाबारे जवाफ दिँदै घटनाका बारेमा जानकारी दिएका हुन् ।
गृहमन्त्री लेखकका अनुसार घटनामा नेपाल प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरी बलतर्फ २५ जना र प्रदर्शनकारीतर्फ ५४ जना घाइते भएका छन् । घाइते भएका केही उपचारपछि घर फर्किसकेका छन् भन केहीको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मन्त्री लेखकले प्रदर्शनकारीले १२ स्थानमा आगजनी गरेको र १८ वटा भवनमा क्षति पुर्याउनुका साथै दुई पाङ्ग्रे, चार पाङ्ग्रे गरी ३९ सवारी साधनमा तोडफोड गरेको तथ्याङ्क बैठकमा प्रस्तुत गरेका थिए ।



