
उर्लाबारी । मोरङको उर्लाबारीमा जारी दोस्रो अन्तर कलेज (+२ तह) फुटबल प्रतियोगिताको फाईनल उपाधी राधिका माबि उर्लाबारी–६ ले जितेको छ ।
सोमबार राधिका माध्यमिक विद्यालयको खेल मैदानमा भएका प्रतियोगितामा पशुपति आवाशिय माध्यमिक विद्यालयलाई ३–१ गोल अन्तरले हराउदै राधिकाले उपाधि रक्षा गरेको हो ।
निर्धारित समयको पहिलो हाफमा निकै नै रोचक बनेको खेलको सुरुवाती अग्रता राधिका मावीले लिएको थियो । राधिकाका लागि पहिलो गोल पवेल राईले हेड मार्फत गरेका थिए । राईको गोल सगै १–० ले अगाडी रहेको राधिकालाई पशुपतिका भिजन खड्काले हेड मार्फत गोल फर्काउदै बराबरीको अवस्थामा पुर्याएका थिए ।




पहिलो हाल बराबरीमा सकिए पनि खेलको दोस्रो हाफमा राधिकाका लागि निशान माझी र बिगत तामाङले थप एक–एक गोल गर्दै आफ्नो टिमलाई ३–१ को फराकिलो अन्तर बनाउदै उपाधी रक्षा गरेको हो ।
फाइनल खेलको म्यान अफ दि म्याच निशान माझी घोषित भए उनले टफी सहित नगद १ हजार ५ सय प्राप्त गरे ।
त्यस्तै विधागत पुरस्कार अन्तगत राधिकाका गोलरक्षक विपीन राई घोषित भए उनले टफी सहित नगद २ हजार ५ सय हात पारे । बेष्ट डिफेन्सको उपाधी पशुपतिका तुनामा आर्चायले हात पारे उनले टफी सहित २ हजार ५ सय हात पारे, बेष्ट मिडफिल्डर पशुपतिका अर्विन अधिकारी घोषित भए उनले नगद २ हजार ५ सय सहित टफी र मेडल हात पारे, बेष्ट फरर्वड पशुपतिकै सुवर्ण कार्की घोषित भए उनले नगद २ हजार ५ सय सहित टफी र मेडल हात पारे ।
यस्तै प्रतियोगिताकै हाईस्कोररको उपाधी पशुपतिकै भिजन खड्का घोषित भए उनले प्रतियोगिता भरी ४ गोल गरेका थिए, उनले नगद ५ हजार मेडल र टफी हात पारे । यस्तै सर्वाधिक खेलाडीको पुरस्कार राधिका माविका दिपेश तामाङ घोषित भए उनले टफी सहित नगद ७ हजार ५ सय हात पारे । यस्तै फेयर प्ले को उपाधी सुनगाभा आवाशिय माबिले हात पारेको छ ।
प्रतियोगिताको बिजेता राधिका माबिले नगद १ लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप–बिजेता ले ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोगक उर्लाबारी फुटबल क्लबले जनाएको छ ।
प्रतियोगिताका विजेता टिमलाई उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणी पौडेलले पुरस्कार वितरण गर्नुभएको थियो ।
फाईनल खेलकै अवसरमा उर्लाबारीलाई फुटबलको माध्यमबाट चिनाउन सफल पुर्व राष्ट्रिय खेलाडी दिपेन्द्र धिमाल (डाइभर) लाई आयोजक क्लवले नगद २१ हजार सहित प्रमाणपत्र र दोसला ओढाएर सम्मान गरेको खेल संयोजक बिशाल तामाङले बताउनु भयो ।