
सुनसरी । सुनसरीको धरान उपमहानगर पालिका–६ स्थित पाँचकन्या सामुदायिक वनक्षेत्रमा वेबारिसे अवस्थामा भेटिएको शवको पहिचान गरी सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ ।
चैत्र २५ गते दिनको करिव १२ः३० बजेतिर अन्दाजी ३०/३२ वर्षको जस्तो देखिने मंगोलियन बर्णको महिलाको शव फेला परेपछि पहिचानका लागि कोशीस गरिएतापनि निजका आफन्त वा नातेदार हाल सम्म प्रहरीको सम्पर्कमा नआएकाले निजको शवको पहिचानका लागि प्रहरीले अनुरोध गरेको छ ।
हुलियाः अं बर्ष ३०/३२, मंगोलियन जस्तो देखिने बर्ण, नाकमा नत्था लगाएको, कानमा टप लगाएकी, माथि सेतो खैरो सर्ट, तल निलो जिन्सको पाइन्ट लगाएकी, हातमा द्ययबिलय घडी र सेतो बाला लगाएकी, सेतो खैरो कलरको जुत्ता लगाएकी ।“
अनुरोधकर्ता सम्पर्क नम्वरः–
जि.प्र.का. सुनसरीः– ९८५२०९०१२७, ९८५२०४१०६४, १००
इ.प्र.का. धरानः– ०२५–५७४५५५, ९८५२०९०१२६



