उर्लाबारी । मोरङको उर्लाबारीमा चैत आज देखी २७ गतेदेखि सुरु हुने भनिएको तेस्रो उर्लाबारी भेट्रान फुटबल प्रतियोगिता २ दिन सरेको छ ।
आज विहान परेको वर्षाका कारण खेलमैदान जलमग्न भएपछि सम्पुर्ण तयारी पुरा भएपनि प्रतियोगिताका उद्घाटन चैत्र २९ गते गर्ने गरी सारिएको आयोजक ‘उर्लाबारी भेट्रान्स फुटबल क्लब’ ले जनाएको छ ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका गरी १० टिमको सहभागितामा संचालन हुन लागिरहेको प्रतियोगिताका लागी करिब ५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ।
प्रतियोगिता विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका कोषाध्यक्ष विक्रम चापागाईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय