
उर्लाबारी । ‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि १ घण्टा’ भन्ने नाराका साथ सुरु भएको तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाइनल खेल भोलि शनिवार हुने भएको छ ।
वैशाख २९ गते देखी राधिका माध्यमिक विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको उपाधी रक्षाका लागि दमक लखनपुर भेट्रान्स क्लव र चारपाने युनाईटड आमसने सामने हुने भएका छन् ।
दुवै टिमले आयोजक उर्लाबारी भेट्रान्स फुटबल क्लवको ‘निलो‘ र ‘रातो’ लाई हराउदै फाईनलको यात्रा तय गरेका थिए ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका गरी १० टिमको सहभागितामा संचालन भईरहेको प्रतियोगिताको विजेताले १ लाख १ हजार र उप विजेताले ५१ हजार र आर्कषक ट्रफी हात पार्ने छ । फाईनल खेल दिनको ३ः०० बजे देखी हुने आयोजकले जनाएको छ ।



