इटहरी । विवाह गर्छु भनेर इटहरीको एक होटलमा युवती ल्याएर जबरजस्ती करणी गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार विवाह गर्छु भनेर इटहरीको होटलमा ल्याएर जबरजस्ती करणी गर्ने
पुरुषलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
इटहरी पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका ४ बस्ने ३४ वर्षीय छत्रबहादुर खड्का रहेका छन् ।
उनले सोही ठाउँकी २७ वर्षीया युवतीलाई विवाह गर्छु भनेर इटहरी ६ मा रहेको तिरुपति होटलमा ल्याएर जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ ।
पक्राउ परेका खड्कामाथि जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही सुरु गरिएको इटहरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय