विराटनगर । मोरङको विराटनगर स्थित केशलिया रोडमा अचेत अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
विहान केशलिया रोडमा अचेत अवस्थामा फेला परेका अन्दाजी २५÷२६ का पुरुष व्याक्तिको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक पुरुषको शव हाल अस्पतालमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले मृतकको पहिचान खुल्न नसकेपछि सहयोगका लागि अनुरोध गरेको छ ।
ADVERTISEMENT