
पथरी
नगरपालिकाले गरिरहेका विकास निर्माणमा कुनै कमजोरी आए तत्काल कारवाहि गरिने पथरीशनिश्चरे नगरकि उपप्रमुख देवीमाया काफ्लेले वताएकी छन् । एक्सनमा उत्रिएकी उपमेयर काफ्लेले सोमवार विभिन्न योजनाको अनुगमनका क्रममा नगरपालिकाको लगानीमा भएका कुनै पनि विकास निर्माणमा कमजोरी नगर्न निर्देशन समेत उपमेयर काफ्लेको रहेको छ ।
पथरीशनिश्चरे नगर भित्र हुने विकास निर्माण र योजनाका काममा कमजोरी गर्ने लाई छुट नदिइने समेत काफ्लेको चेतवानी थियो । आजै उपमेयर काफ्लेले वडा नं ५ को रजत जयन्ती मार्ग कालोपत्रे निर्माण, वडा नं ६ को बुद्ध मार्ग कालोपत्रे निर्माण, वडा नं ४ र ९ को पुलचौक भातेगौडा सडक कालोपत्रे, वडा नं ४ को कुशल बजार टहरा निर्माण, वडा नं ३ को कृषि बजार टहरा र वडा नं ५ को पाङ्ग्रे झलास धिमाल तिर्थस्थल संरक्षणको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा वडा नं। ३ को कृषि बजार टहरा र वडा नं ४ को कुशल बजार टहरामा केही कार्यहरु अधुरा रहेकोले ती कार्यहरु पूरा गर्न उप–प्रमुख काफ्लेले निर्देशन रहेको थियो छ। सो अनुगमनमा अनुगमनकार्यमा समितिका सदस्यहरु वीरबहादुर राई, अन्जना दर्जी, शिवकुमार राई, इन्जिनियर हसरत अलि नेपालसमेत सहभागी थिए ।



