छैटौं संस्करणको उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले चुमेको छ । बुधबार सम्पन्न फाईनल खेलमा वडा नम्बर १ ले ५ नम्बर वडाको टीमलाई ट्राईबेकरमा हराउदै उपाधि हात पारेको हो ।

मंगलबारे युवा क्लबको आयोजनामा आज सम्पन्न फाईनल खेलको निर्धारित समयमा दुवै टीमले कुनै निर्णायक गोल गर्न नसक्दा खेल ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा १ नम्बर वडाले ५ नम्बर वडालाई ५-४ को अन्तरले हराएको छ । जितसँगै १ नम्बर वडाले सुन लेपन गरिएको ट्रफी चुमेको छ । योसँग‌ विजेता टीमले ७५ हजार नगद हात पारेको छ ।

उता उपविजेता बनेको ५ नम्बर वडाले ५० हजार नगद हात पारेको छ । कार्यक्रमका प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका कार्यवाहक मेयर भिष्मराज बुढाथोकी र १ नम्बर वडाका वडाध्यक्ष तिलक पाण्डेलगायतले दुवै टीमलाई नगदसहित ट्रफी , मेडल र प्रमाण पत्र प्रदान गरेका छन् ।

आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आयोजकले वडा नम्बर ५ का विशाल राईलाई उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित गरेको छ । उनी नगदसहित मायाको चिनोद्वारा पुरस्कृत भए ।

यस्तै हाई स्कोरर र वेष्ट स्टाईगर १ नम्बर वडाका सुरेश राना मगर , वेष्ट मिड फिल्डर रोहन चौधरी, वेष्ट डिफेण्डर प्रकाश बुढाथोकी, वेष्ट कोच सुरज श्रेष्ठ, वेष्ट म्यानेजर योगेश श्रेष्ठ र वेष्ट गोल किप्पर दिपेश श्रेष्ठ घोषित भए । उनीहरु नगदसहित मायाको चिनोद्वारा पुरस्कृत भएका छन् ।

सो अवसरमा खेलकुदका विभिन्न विधामा उल्लेख्निय योगदान गरेको बताउदै आयोजकले वडा नम्बर ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीलाई २० हजार नगरसहित सम्मान पत्रले सम्मानित गरिएको छ । उनलाई आयोजक क्लवका अध्यक्ष पिपलराज गिरीले सम्मानित गरेका छन्।

त्यस्तै सो अवसरमा यू-१६ का पूर्व राष्ट्रिय खेलाडी उर्लाबारी- ३ मंगलबारे निवासी रुपेश तामाङलाई समेत सम्मानित गरिएको छ । हाल उनी नेपाल प्रहरीमा प्रहरी निरिक्षकको रुपमा कार्यरत भई राष्ट्रको सेवा गरिरहेका छन् ।

 

 

गत वैशाख ३ गतेदेखी संचालित उक्त प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाको सहभागिता रहेको थियो ।

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलाडी’ भन्ने मुल नाराका साथ सो प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका खेल व्यवस्थापन संयोजक राजन सुवेदिले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय