पथरी
शिक्षक आन्दोलनमा सहभागी हुन नेपाल भरिका शिक्षक काठमाडौ केन्द्रित भएका छन् । त्यहि वेला सामाजिक सञ्जालमा काठमाडौका क्लिनिकमा कण्डमको अभाव भएको समाचार आयो । समाचार ‘भाइरल’भएपछि मोरङ्गको पथरीशनिश्चरेको एक विद्यालयकी प्रधानाध्यापक भने विद्यालय बन्द गरेर काठमाडौका क्लिनिकमा कण्डमको स्टक हेर्न व्यास्त रहेकी छन् ।
यसरी क्लिनिककमा कण्डमको अनुगमन गर्दै हिडने पथरीशनिश्चरे १को सुनखरी मावीकी प्रअ भुमीका मगरको विद्यालय भने शौक्षिक स्तर कमजोर भएको भन्दै नगरपालिकाको ‘रेडजोन’मा परेको छ । राजनैतिक सौदावाजीमा प्रधानाध्यपक पडकाएकि भुमीका मिस अहिले काठमाडौका केहि औषधी पसलमा गएर परिवार नियोजनको अस्थाइ साधन कण्डमको स्टक अनुगमन गरिरहेकी छन् । शिक्षक आन्दोलनका कारण काठमाडौंका औषधी पसलमा कण्डम खपत बडेको भनिएपनि प्रधानाध्यपक मगरले बनाएको भिडीयोमा कण्डम पाउने र सहज नै भएको देखाइएको छ । आफ्नै स्कुलको अवस्था हरिविजोक वनाएर कण्डमको खोजीमा निस्किएकी मगरको कार्यप्रति स्थानिय अभिभावक समेत असन्तुष्ट देखिएका छन् । विद्यार्थी को पास कम भएको विद्यालयमा विद्यार्थीको संख्या कम भएको र शौक्षिक क्रियाकलापमा लापरवाहि भएको भन्दै पथरीशनिश्चरे नगरपालिकाले सुनखरी मावीलाई रेडजोनमा राखेको छ ।

सुनाखरी माविको कक्षा ८को नतिजा

केहि प्रगति नभए वा सुधार नभए मावी लाई आधारभुत विद्यालयमा घटुवा गर्ने सम्मको चेतावनी पथरीशनिश्चरे नगरपालिकाको शिक्षा शाखाले दिइसकेको छ । कक्षा ८को नगर स्तरिय परिक्षामा सहभागी भएका २० मध्ये १ जना विद्यार्थी मात्र सो विद्यालय वाट उर्तिण भएका थिए । कण्डम सकिएको नसकिएको अनुगमन गरेझै विद्यार्थीको शौक्षीक अवस्था बारेमा अनुगमन गरे विद्यालयको शौक्षिक अवस्था सुध्रिनेमा धेरै अभिभावकको चाहना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय