पथरी

बैशाख २६ गतेबाट पथरी शनिश्चरे नगरस्तरीय खुला सिंगिङ तथा डान्सिङ आइडल प्रतियोगिता २०८२ हुने भएको छ ।
पथरी शनिश्चरे नगर कला साहित्य प्रवर्द्धन समितिले कार्यक्रम आयोजना गर्न लागेको हो ।
चार चरणमा हुने प्रतियोगिताको पहिलो चरणको खुला अडिसन वैशाख २६ गते हसन्दह बजारमा ,२७ गते पथरी बहुमुखी क्याम्पस दोस्रो चरण जेठ ३ शनिवार पथरी बहुमुखी क्याम्पसमा छनोट कार्यक्रम हुने आयोजकले जनाएको छ । जसबाट उत्कृष्ठ २०/२० जनाको छनौट हुनेछ । तेस्रो चरण जेठ १० गते एभरेष्ट बोर्डिडमा हुने छ । फाइनल चरण जेठ २४ गते हरियाली सामुदायिक वन समूहको हलमा हुने भएको छ । फाइनल बिजेतालाई नगद ४० हजार,उपबिजेता लाई २० हजार तेश्रोलाई १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने साहित्य प्रबर्द्धन समितिका अध्यक्ष धनराज राईले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय