
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले प्रतिबन्धीत १ क्विटल मुग्री माछा नष्ट गरेको छ ।
नगर प्रहरीको टोलीले उर्लाबारीमा साप्तहित रुपमा लाग्दै आएको शुक्रबारे हटियामा विक्रीका लागि राखिएका मााछाहरु नियन्त्रणमा लिएर नष्ट गरेको जनाएको छ ।
हालको बजार मुल्य अनुसार करिव ३० हजार रुपैया बराबरको प्रतिबन्धीत माछा नष्ट गरेको नगर प्रहरीले जनाएको छ ।
स्वास्थ्यका कारण नेपाल सरकारले प्रतिबन्ध लगाएको मुंग्री माछा विक्रिका लागी शुक्रबारे बजारमा राखिएको पाइएपछि नगर प्रहरीको टोलीले बजार अनुगमन माछा नियन्त्रणमा लिएर उर्लाबारी–३ को सोल्टी खोलामा खाल्डो खनेर पुरेको नगर प्रहरी प्रमुख याम बहादुर कार्कीले बताए ।
नियन्त्रणमा लिएको माछालाई नगर प्रहरी, भेटेनरी शाखाका कर्मचारी र पत्रकारको रोहवरमा स्थानिय बक्राह खोलामा नष्ट गरिएको छ ।
यस अघि गत शुक्रबार ईलाका प्रहरी कार्यालयको टोलीले मोटरसाईकल सहित करिब १ सय केजी मुग्री र बाकी अवैध रुपमा ल्याउदै गरेको अन्य प्रजातीको १ सय गरी २ सय केजी माछा नियन्त्रणमा लिएर नष्ट गरेको गरेको थियो ।
स्वास्थ्यका कारण नेपाल सरकारले थाइ हाइब्रिड प्रजातिको मुंग्री माछा विक्रिवितरणमा प्रतिबन्ध लगाएको भएपनि खुला सिमानाकाका कारण भारतबाट नेपालमा लुकीचोरी अवैद्धरुपमा यस्ता माछाहरु भित्रने गरेका छन् ।
बिज्ञहरूका अनुसार यस प्रजातिका माछा अत्यधिक मांसाहारी हुने र यसले पोखरीमा भएको अन्य सबै प्रजातिका माछाहरू खाने गर्दछ । माछापालक र व्यापारीहरुले तिनलाई छिटो हुर्काउन सिनो र बोसो दिने गरेका छन् ।
नेपालमा पालिने मुंग्री माछा हुर्काउन फर्मालिनयुक्त माछाको आन्द्राभुँडी, भैंसीको मासुको अखाद्य अंश, सिनो आदि प्रयोग गरिन्छ । जसका कारण जल प्रदुषण हुनुका साथै माछामा अत्यधिक मात्रामा हेभि मेटल समेत पाइने गर्दछ । जसका कारण क्यान्सर, अर्थराटिस, मधुमेहलगायतका घातक रोगहरू निम्तिने गरेको बताइन्छ ।



