
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको नारीसंकल्प बचत तथा ऋण सहकारी सस्थाले १९ औँ स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसर पारेर सस्थाले उर्लाबारी–७ मा रहेको राधिका माध्यमिक विद्यालयका विद्यायार्थीहरु र स्कुलमा कार्यरत शिक्षक कर्मचारीलाई स्वच्छ खानेपानी पियाउने उद्देश्य स्वरुप सस्थाको सामाजिक उत्तरदायित्व अर्न्तगत २७ हजार मुल्य बराबरको फिल्टर वितरण गरिएको साकोसकी अध्यक्ष गोमा नेपालले बताउनुभयो ।
सस्थाले फिल्टर विद्यालय व्यावस्थापन समिती अध्यक्ष निरुपा खड्काको उपस्थितीमा हस्तानतरण गरेको हो ।
२०६२ सालमा स्थापना भएको सहकारी सस्थाले हाल उर्लाबारी सहित मिक्लाजुङ गाउपालिका, साविक ईटहरा, साविक पथरीमा सेवा दिदै आएको छ । हाल यस स्थामा ३ हजार ४ सय २७ सदस्य रहेको सस्थाकी सचिव शोभितमाया तामाङले बताउनुभयो ।
स्थापनको १९ औ वर्षको दौरानमा सस्थाको कुल शेयर पुजी १ करोड ४४ लाख ९९ हजार, जगेडा कोष १ करोड १३ लाख ८० हजार ३ सय ३३ रुपैया रहेको छ ।
यस्तै सस्थाले आर्थिक वर्ष २०८१ सम्ममा कुल ८ सय २३ सदस्यमा १४ करोड २० लाख ६७ हजार ३ सय २३ रुपैया लगानी गरेको सस्थाले जनाएको छ ।
स्थापना दिवसको अवसरमा सस्थाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी केक काटेर खुसीयाली साटासाट गरिएको थियो । उक्त अवसरमा सस्थाकी सल्लाहाकार उर्लाबारी–७ की वडाअध्यक्ष उर्मिला थापा, सल्लाहाकार मिना कार्की लगाएत बर्तमान कार्यसमितीका पदाधिकारी, सदस्यहरु र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।



