पथरीशनिश्चरे – दोस्रो पथरीशनिश्चरे खेलकुद महोत्सव अन्तर्गत सम्पन्न क्रिकेट प्रतियोगिताको उपाधि टिम भुल्केले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा टिम भुल्केले टिम सेल्फीलाई ७१ रनले पराजित गर्दै उपाधि हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको टिम भुल्केले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५० रन बनाएको थियो। टिमका लागि कमल राईले नटआउट रहँदै उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ५० रन जोडे। त्यस्तै एन्जल राईले ३३ र दिपेश भण्डारीले १६ रनको योगदान दिए।

बलिङतर्फ टिम सेल्फीका लागि आस्विन महत र बुद्ध आलेले समान २/२ विकेट लिए भने सुदीप चौधरी र सुधीर बस्नेतले १/१ विकेट हात पारे।

जवाफी ब्याटिङमा उत्रिएको टिम सेल्फी १५.३ ओभरमा ७९ रनमै अलआउट भयो। टोलीका लागि सोलोमन राईले सर्वाधिक २४ रन बनाए। भुल्केका दिपेश भण्डारीले एक्लैले ५ विकेट लिए। नेल्सन दंगाल र एन्जल राईले समान २/२ विकेट झारे।

फाइनल खेलमा दिपेश भण्डारी ‘म्यान अफ द म्याच’ घोषित भए।
बेष्ट बलर आस्विन महत (टिम सेल्फी),बेष्ट ब्याट्सम्यान: सोलोमन राई (टिम सेल्फी) प्ले यर अफ द टुर्नामेन्ट: एन्जल राई (टिम भुल्के) र राइजिङ प्लेयर: उत्सव राई (टिम भुल्के) घोषित भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय