
इलाका प्रहरी कार्यालय उर्लाबारीले विशेष सुराकीको आधारमा उर्लाबारी- ४ आईतबारेबाट लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार साँझ करिव ६ बजे प्रहरी निरीक्षक रञ्जन बराल नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङ रतुवामाई -९ घर भई हाल उर्लाबारी -४ आइतबारेस्थित रेजिता चौहानको घरमा डेरा गरी बस्ने बर्ष ४९ की लीलाकुमारी थारु र उनका छोराहरु वर्ष २५ का रञ्जित धामी थारु तथा वर्ष २४ को प्रवीन धामी थारु रहेका छन् ।




उनीहरुको डेरा कोठाको खानतलासी लिदा लुकाई राखेको खैरो हेरोइनजस्तो देखिने खैरो पदार्थ ३८ वटा प्लाष्टिकको पोका पारेर राखेको ७ ग्राम २० मिलिग्राम, बिना प्लाष्टिक २ ग्राम ९ सय ६० मिलिग्रामका साथै विभिन्न कम्पनीको ६ थान मोवाईल फोन र नगद १ लाख ५० हजार ५ सय रुपैया बरामद गरिएको प्रहरी निरीक्षक बरालले जानकारी दिए ।
प्रहरी निरिक्षक बरालकाअनुसार नियन्त्रणमा लिइएका आमा छोराको अनुसन्धान भइरहेको र कसुर अनुसार मुद्दा प्रक्रिया अघि बढाइनेछ ।
तस्विरमा: ए.आई.द्वारा तयार गरिएको सांकेतिक