उर्लाबारी, असार ४ । मोरङको उर्लाबारी–७ स्थित श्री राधिका माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयका बालिकामाथि विगत दुई वर्षदेखि यौन दुर्व्यवहार गर्दै आएको खुलासा भएपछि नेपाली कांग्रेस उर्लाबारी नगर कार्यसमिति घटनाका सत्यतथ्य छानविनका लागि माग गरेको छ ।
कांग्रेसले घटनाका बारेमा आफ्‌नो धारणा सार्वजनिक गर्दै कानुनी कार्वाहिको माग सहित घटनाको निश्पक्ष छानविनको माग गरेको छ ।
विज्ञप्तीमा भनिएको छ–“बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत जेठ ३० गते विभिन्न विद्यालयमा गरिएको निर्धारित अनुगमनको क्रममा उर्लाबारी–७ स्थित श्री राधिकामाध्यमिक विद्यालयका एक शिक्षकद्वारा विगत २ वर्षदेखि विद्यालयका बालिका माथि यौन दुर्व्यवहार हुँदै आएको विषय प्रति नेपाली कांग्रेस उर्लाबारीको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस घटनाले हामीलाई गहिरो दुःख, आक्रोश र चिन्तित बनाएको छ । यस किसिमका अपराधले नैतिक पतनतर्फ घटनाहरु हाम्रै शिक्षा प्रणाली माथि गम्भीर प्रहार गरेको छ । नेपाली कांग्रेस मानव अधिकार, नारी समानता र बालबालिकाको सुरक्षाका पक्षधर हो ।
शिक्षक जस्तो गरिमासम्पन्न पदमा बसेर यस्तो जघन्य प्रकृतिको कार्य गर्न व्यक्तिलाई कानुनको कठोर सजाय मात्र होइन, समाजमा कुनै स्थान दिनु हुँदैन भन्ने हाम्रो स्पष्ट धारणा व्यक्त गर्न चाहन्छौं ।
यस घटनाको तुरुन्त निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, स्थानीय प्रशासन र शिक्षा निकायलाई तुरुन्त सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दछौं। पीडितको सुरक्षा र न्याय सुनिश्चित गर्न स्थानीय तह र सम्बद्ध निकायहरुलाई अनुरोध गर्दै सम्पूर्ण नागरिक समाज, अभियान्ता वर्ग, राजनीतिक दल, संचारकर्मी मित्रहरु र युवाहरुबाट यस्ता घटनाको विरोधमा ऐक्यबद्ध भई पीडितको पक्षमा दृढतापूर्वक उभिन आह्वान गर्दछौं ।
अन्त्यमा, हाम्रा बालबालिका सुरक्षित भए मात्र समाज सुरक्षित हुन्छ । दोषीलाई कारबाही, पीडितलाई न्याय ! यही हो हाम्रो प्रतिबद्धता !”
यस्तो थियो घटनाः घटना यस्तो छ :
गत जेठ–३० गते बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत वडा नं. ७ का विभिन्न विद्यालयमा गरिएको नियमित अनुगमनका क्रममा बिद्यार्थीहरुले अनुगमन टोलीलाई आफुले भोग्दै आएको कुरा सुनाएपछि यो विषय बाहिर आएको हो ।
अनुगमन टोली दिउसो तिर राधिकामा पुगी बालबालिकासँग अन्तरक्रिया गर्ने क्रममा कक्षा परिवर्तित नाम ‘ङ’ भन्दा माथि पढ्ने बालिकाहरुले एक शिक्षकले २ वर्षदेखि यौनदुर्व्यवहार गर्दै आएको बताएका हुन ।
शिक्षकले बालिकाको गोप्य अंगमा हात लगाउने, औलाले चलाउने, कक्षा बन्द गरेर राख्ने, फरक खोल्न लगाउने, भुइँमा सुत्न बाध्य पार्ने, प्रश्न सोधेर मानसिक दबाव दिने, कहिलेकाहीँ पिट्नेजस्ता क्रियाकलाप गर्दै आएको विद्यार्थीहरूको अनुगमन टोलीलाई बताएका थिए ।
उक्त घटनाबारे विद्यार्थीले यस अघि अभिभावक र विद्यालयका फोकल पर्सनलाई जानकारी गराए पनि विद्यालय प्रशासनबाट कुनै सुनुवाइ नभएको आरोप गुनासो उनिहरुले अनुगमन टोलिमा राखेका थिए ।
आरोपित शिक्षक झापा जिल्ला दमक नगरपालिका स्थायी घर भएका हुन् । उनी निमावि तहका दरबन्दीमा कार्यरत शिक्षक हुन ।
यो समाचार बाहिरिए पछि शिक्षकले असार–२ गते राजिनामा दिइसकेको र उनको राजिनामा पनि स्विकृत भई सकेको विद्यालय स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय