
पुर्व क्षेत्रकै अग्रणी शैक्षिक संस्थाको रुपमा परिचित उर्लाबारी वडा नम्बर ७ स्थित पशुपती आवासीय माध्यमिक विद्यालयले सदा झैं यस पटक पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।
विद्यालयका प्रिन्सीपल आनन्द कार्कीकाअनुसार यसपटक ३.६ देखि ४.० ग्रेड प्वाइन्ट हासिल गर्ने विद्यार्थी संख्या १७ जना रहेको छ। त्यसैगरी ३.२ देखि ३.६ सम्म ३२ जना र २.८ देखि ३.२ सम्म १० जना विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। कुल ५९ जना परीक्षार्थीमध्ये पशुपतीले शतप्रतिशत नतिजा हासिल गरेको छ ।




पशुपतीका अनमोल न्यौपानेले ३.८९ जीपीए ल्याउदै यसपटकको एसईई परीक्षामा विद्यालय टप गरेका छन् ।
वि.सं. २०३७ सालमा स्थापित सो विद्यालयले हरेक वर्ष एसएलसी र एसईई दुवै परिक्षामा उक्तृष्ट नजिता निकाल्दै आएको छ । यसअघि गत वर्ष पशुपतीकी अन्वेषा बस्नेतले ४ जिपिए ल्याउदै एसईई परिक्षामा नेपालभरीकै टप स्कोररमध्ये एकमा आफुलाई परिचित गराउन सफल बनेकी थिईन् ।
यस्तै यसअघिको कक्षा १२ को परीक्षामा पशुपतीकी सुस्मिता कार्कीले ३.९६ जिपिए ल्याउदै नेपाल टप भएकी थिईन् ।
योसँगै पशुपतीमा विज्ञानसहित व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट , कम्प्युटर साईन्स र बजारशास्त्र लगायतका शैक्षिक कार्यक्रमहरुमा प्लस टु तहमा नया भर्ना खुलेको विद्यालयले जनाएको छ ।
वि.सं. २०७९ सालदेखी सो विद्यालयले प्लस टु तहमा अध्यापन गराउदै आएको छ । पशुपतिले प्लस टु सुरु गरेको पहिलो ब्याच मै देशभरिकै उत्कृष्ट नतिजा हाँसिल गर्न सफल बनेको थियो ।
प्ले ग्रुपदेखि कक्षा १२ सम्म सञ्चालित सो विद्यालयमा हाल १ हजार १ सय जना बढी विद्यार्थी अध्ययनरत छन् ।
नियमित रुपमा पढाईकाअलवा अन्य विविध अतिरिक्त कृयाकलापहरु समेत संचालन गर्दै आएको सो विद्यालयमा राष्ट्रिय सेवा दलको क्याडेट तालिम समेत संचालन गरिदै आएको छ ।
स्थापना कालदेखी नै पढाईका अलवा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा संलग्न गराउदै आएको उक्त विद्यालयले जिवन उपयोगी शिक्षा प्रदान गराउदै आएको छ ।